Hindi Films

दीपिकाको भिडियो सन्देशप्रति अभिनेत्रीहरुको नै विरोधी

Unknown | 09:01 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, चैत्र २३ - केही दिनअघि महिला सशक्तीकरणका लागि तयार पारिएको दीपिका पादुकोणको 'माई च्वाइस' सर्ट फिल्मको प्रभाव यति बेला जारी छ । उक्त भिडियो सन्देशलाई धेरैले सराहना गरेका त छन् नै, त्यसका विरुद्ध आवाज पनि उठ्न थालेको छ । प्रत्यक्ष विरोधमा उत्रनेमा दीपिकाकै समकालीन नायिकाद्वय कंगना रनावत र सोनम कपुर अग्रपंक्तिमा छन् । त्यसो त उक्त भिडियोप्रति अर्की नायिका सोनाक्षी सिन्हाले पनि असहमति जनाइसकेकी छन् ।
'महिला सशक्तीकरणको मतलब पुरुषप्रति हीनभावना पैदा गर्नु हैन,' यसै वर्ष महिलाप्रधान फिल्म 'क्वीन' मार्फत् राष्ट्रिय अवार्डसमेत जितेकी कंगनाले भनेकी छन्, 'यदि हामी (महिला) ले यस्तो गर्‍यौं भने फेरि पुरुष सशक्तीकरणका लागि अर्को २० वर्ष लाग्छ ।' उनी सशक्तीकरण भनेको लैंगिक विकासलाई मान्छिन् । त्यसो त उनी सेक्सी हुने गरी भएको विकासलाई भने सशक्तीकरण मान्दिनन् । त्यसो त दीपिकाको कदमप्रति अमिताभ बच्चन, ऋषि कपुर, शबाना आजमी जस्ता बलिउड हस्तीहरूले समर्थन गरेका छन् । तर विरोधी आवाजमा सोनम पनि थपिएकी छन् । व्यक्तिगत रूपमा पनि दीपिकासँग सुमधुर सम्बन्ध नरहेकी सोनमले भनिन्, 'नारीवादलाई लिएर सम्पन्न वर्गका महिलामा सधैं एकखाले गलत सोच रहँदै आएको छ । उनीहरूलाई पुरुषलाई नराम्रो भन्यो वा घृणा गर्‍यो भने सही अर्थमा नारीवादी भइन्छ भन्ने लाग्छ ।' कडा प्रतिक्रिया दिएकी सोनमले दीपिकाको भिडियोप्रति कटाक्ष गर्दै थपिन्, 'मलाई आफ्नो विचार राख्नका लागि कुनै भिडियोको बनाउने जरुरी पर्दैन । मेरो क्रियाले नै मेरो सोच बताउँछ । मलाई महिला हुनुमा गर्व छ र म आफ्नो स्वतन्तत्राको इज्जत गर्छु । म कुनै पनि मुद्दामा आफ्नो विचार दिन डराउदिनँ । आखिर यही त नारीवाद हो । महिला सशक्तीकरण हो ।' उता, सोनाक्षीले पनि नारी सशक्तीकरणको मतलब व्यभिचारी हुन नहुने जिकिर गरेकी छन् । साढे दुई मिनेट लामो भिडियोमा दीपिकाले भने आफ्नो शरीरमा आफ्नै मर्जी हुने टिप्पणी गर्दै विवाहअघि यौन वा समलिंगी विवाह वा जे गरे पनि आफ्नो छनोटमा भर पर्ने भन्दै यसप्रति कसैको हस्तक्षेप हुन नहुने सन्देश दिन खोजेकी थिइन् । कतिपयले उक्त भिडियो सन्देशलाई नारीवादका नाममा अतिवाद ठानेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments