मुग्लानबाट स्वदेश फर्किनेहरु बन्दको मारमा
|
पुरा भिडियो हेर्न तलको बक् ‘भारतबाट घरजान भनि आयौं हजुर, घर कहिले पुगिने हो थाहा छैन’ धनगढी बसपार्कमा अलपत्र परेका अछाम कालागाउका मिठ्ठु परियारले भने । विदेशबाट लामो समय पसिना बगाएर केही कमाएर घर फर्कीएकाहरु कतिबेला घर पुगिने हो, होईन भनेर अन्यौलमा छन् । नयाँ वर्षका लागि विदेशबाट फर्कीएका र विदेश जान हिडेकाहरु लगेज र झोला लतार्दै खुला सडकमा हिडिरहेका देखिन्थे । ‘बन्द हो भन्ने थाहा पाए, एक दुई दिनमा आउथ्यौं तर यहाँ आएपछि बन्द भयो भन्ने कुरा थाहा भयो’ भारतवाट आएका डोटी वाईलका विरभान सिहले भने । ‘यो माओवादी बन्द मात्रै किन गर्छन हजुर ?’ उनको प्रश्न थियो । धेरै मजदुरी गर्नेहरुलाई मिडियासम्मको पहुँच नहुने भएकाले पनि उनीहरु बन्दबारे थाहा पाउदैनन् । सधैं चल्ने यात्रु भन्दा आमहड्तालको सबैभन्दा बढी मारमा भारतबाट घर फकिर्दै गरेका नपालीहरु परेका छन् । भारतमा रोजगारी गरेर फकिर्एका मात्रै हैन औषधोपचार गरेर फकिर्एकाहरु पनि समस्यामा परेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
0 comments