Home �
News
� प्रचण्डले धोका दिए, मधेसले क्षमा दिदैन ,'अर्को मोर्चा बनाएर आन्दोलनमा जानुपर्छ' : उपेन्द्र यादव
Unknown |
05:42 |
0
comments
'अर्को मोर्चा बनाएर आन्दोलनमा जानुपर्छ'
विराटनगर : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्चाका नाममा आफूहरुलाई दिएको धोका अक्षम्य भएको बताएका छन्।
'एमाओवादी नेत्रृत्वमा दलिय मोर्चा बनाएर सरकारले गरेका गलत कामका विरुद्ध विपक्षी दलहरु एक जुट भएका थियौं,’यादवले भने, 'प्रचण्डले बीचमा आएर गम्भीर धोका दिएका छन् । यो धोका क्षमा दिने खालको छैन । मधेसले क्षमा दिने छैन ।'
सत्ता मोहका कारण प्रचण्डले बीचैमा आन्दोलन छाडेर सक्षासिन दलहरुसंग सहमति गरेको उनको आरोप छ । राजनैतिक मोर्चामा प्रचण्डले दिएको धोका अक्षम्य रहेको र दलिय सहकार्यको विषयलाई लिएर क्षमा दिने खालको समेत नभएको उनको भनाइ छ।
यादवले विराटनगर स्थित आफ्नो निवासमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना विपक्षी मोर्चाको आन्दोलन तुहाउने खेलमा प्रचण्ड आफै लागेको आरोप लगाए । सत्ता पक्षसंग सहमति गरेर प्रचण्डले आन्दोलन तुहाएको उनको आरोप छ । एकक्षण अघि सम्म आन्दोलन नरोकिने कुरा गर्ने र प्रधानमन्त्री शुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछी आन्दोलन स्थगित गर्ने धारणा बाहिर आउनुले पनि प्रचण्डको सत्ता मोह प्रष्ट हुने यादवको भनाइ छ । ‘प्रचण्डले यो मधेसी तथा आदिवासीलाई दिएको गम्भीर घोका हो,’ उनले भने, ‘आन्दोलनले गति लिइरहेका बेला सत्ताको लोभमा परेर आन्दोलन तुहाउने खेलमा लागेर सत्ता पक्षको सहयोगीको भुमिका निर्वाह गरेका छन्।’
३० दलिय मोर्चाले जनताको विश्वास गुमाउनुमा मुख्य दोशी प्रचण्डने रहेको उनको तर्क छ । ‘एमाओवादी अध्यक्षको व्यवहार, शैली र बोलीमा एक रुपता कहिल्यै हुन सकेन,’अध्यक्ष यादवले भने, ‘त्यहीपनि विश्वास गरेर आन्दोलनमा गयौं । तर जनताको मन जीत्न सकेनौं ।’ प्रचण्डकै कारण जनताले ३० दलिय मोर्चाको कार्यक्रमलाई सहयोग नगरेको उनको भनाइ छ । प्रचण्ड प्रति निक्कै आक्रामक देखिएका यादवले अवका दिनमा प्रचण्डलाई विश्वास गरेर अघि बढ्न सक्ने अवस्था नरहेको बताए।
‘प्रचण्डले ३० दलिय मोर्चालाई त धोका दिए दिए । सवै नेपाली जनतालाई पनि धोका दिए,’ उनले भने, ‘जनतालाई नै धोका दिएर अघि बढ्न सक्छु भन्ने लागेको होला । त्यो सोच कसरी आयो प्रचण्डले नै बुझ्ने कुरा हो ।’ प्रचण्डकै कारण ३० दलिय मोर्चालाई जनताले असहयोग गरेको उनको आरोप छ । आन्दोलन फिर्ता लिएको विषयमा जनतालाई स्पष्ट नपारे सम्म मोर्चाको बैठकमा आफूहरु उपस्थित नहुने उनको अडान छ ।
अध्यक्ष यादवले सवैको भावनालाई समेटने संविधान बनाउन मोर्चा भित्रपनी अर्को नयाँ र्मोचा जन्मने सक्ने बताए । उनले आन्दोलनलाई गन्तव्यमा पुर्याउन पनि मधेशी , आदीवासी , जनजाती सम्मिलित क्रान्तिकारी मोर्चाको गठन आवश्यक रहेको बताए । अर्को मोर्चा जन्मिएर अन्दोलन गर्नु पर्ने अवस्था आयो भने त्यसको दोषपनि प्रचण्डलाई नै जाने उनको दावी छ।
प्रचण्डकै दोधारे व्यवहार र उनले दिएको धोकाका कारण अर्को मोर्चाको आवश्यकता देखिएको यादवको भनाइ छ । ‘३० दलिय मोर्चालाई निरन्तरता दिने कि नयाँ मोर्चा जन्माउने भन्ने कुराको छिनोफानो एमाओवादी अध्यक्ष प्रचण्डले लिएको लाइनमा भर पर्छ,’ उनले भने, ‘नयाँ मोर्चा जन्माएर अन्दोलन गर्नु परो भने कसैको तागतले छेक्नेवाला छैन ।’ प्रचण्डको विषयमा मोर्चामा आवद्ध अन्य दलहरुबीच समिक्षा भएपछि मात्र बाँकी कुरामा अघि बढ्ने जानकारी उनले दिए ।
|
Category:
News
0 comments