सगरमाथा छेड्ने चीनको योजनाले भारत त्रसित ,यस्तो छ चीनको योजना !
|
२०७१ चैत्र २७ शुक्रबार
चीनले ल्याउने भनिएको रेलवेको ट्रयाकमा पर्ने सगरमाथा बेस क्याम्पको क्षेत्र
फोटो :चीनले नेपालसम्म जोड्ने भनिएको रेलवेको स्केच । स्रोत : टाइम्स अफ इन्डिया
काठमाडौं : उत्तरी छिमेकी चीनले सगरमाथा छेडेर सन् २०२० सम्ममा काठमाडौंमा रेल ल्याइपुर्याउने खबरले दक्षिणी छिमेकी भारतमा चर्चा पाएको छ ।
चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमका लागि यो समाचार चासोको विषय बनेको हो ।
नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालमा रेल ल्याउने तयारी गरेको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबार छापेको थियो ।
भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाले चीनले नेपालमा ल्याउने भनिएको रेलवेबारेमा विस्तृत समाचार छापेको छ । उसले 'भारतका लागि खतराको घण्टी ? चीनको माउन्ट एभरेस्टबाट नेपालमा रेल सम्पर्क बनाउने योजना' शीर्षकको समाचारमा चीनको योजनाले भारतमा चुनौती दिएको जनाएको छ ।
उसले चीनले ५४० किलोमिटर लामो रेल सञ्जाल नेपालसम्म विस्तार गर्नका लागि माउन्ट एभरेष्ट मुनिबाट सुरुङको निर्माण गर्न लागेको जनाएको छ ।
टाइम्स अफ इन्डियाले पछिल्लो अगस्टमा चीनले नेपाल नजिकैको तिब्बतको दोस्रो ठूलो सहर शिगात्सेसम्म ल्हास्साबाट २५३ किलोमिटर लामो रेल ट्रयाक निर्माण गरिसकेको जनाएको छ ।
यो परियोजना निर्माणका लागि चीनका विदेशमन्त्री वाङ्ग यी गत डिसेम्बरमा काठमाडौं आएका बेला नेपालले प्रस्ताव गरेको दाबी टाइम्स अफ इन्डियाले गरेको छ ।
त्यसैगरी भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणले पनि चीन-नेपाल रेल परियोजनाको समाचारलार्इ विशेष प्राथमिकता दिएर छापेको छ ।

उसले 'माउन्ट एभरेस्टको मुनिबाट सुरुङ बनाउँदै चीन, नेपाल-तिब्बत रेल लाइन बनाउने योजना' योजना शीर्षकको समाचारमा तिब्बत र नेपालबीच हार्इ स्पिड रेल लिङ्क बनाउन चीन माउन्ट एभरेस्ट मुनिबाट सुरुङ बनाउने तयारीमा रहेको जनाएको छ ।
विशेषज्ञहरुलार्इ उधृत गर्दै यो परियोजना पूरा भएमा नेपालमा रहेको भारतीय उत्पादनको आधिपत्य तोडिने समेत दाबी आजतकले गरेको छ ।
आजतकले तिब्बत-नेपाल रेल लिङ्क प्रतिघण्टा एक सय २० किलोमिटरको गतिमा माउन्ट एभरेस्ट मुनिबाट कुद्ने जानकारी प्राप्त भएको समाचारमा उल्लेख गरेको छ ।
चर्चित बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा समेत चीनबाट सगरमाथा मुनि सुरुङ खनेर नेपालमा रेलवे विस्तार गर्न लागिएको समचार छापेको छ ।
चीनले बनाउने भनिएको रेलवेबारे भारतले गम्भीरतापूर्वक चासो दिइरहेको जनाउँदै गार्जियनले चीनले नेपालसँग बलियो मित्रता गाँस्न खोजेको उल्लेख गरेको छ । गार्जियनले भारतसँग नेपालको मजबुत सम्बन्धलार्इ बुझेर नै यो रेलसेवालार्इ नेपालसम्म ल्याउने चासो दिएको जनाएको छ ।

भारतका सेवानिवृत्त कुटनीतिज्ञ जी पार्थसारथीले गार्जियनसँग कुरा गर्दै चीनले एउटा दुर्इटा सडक र रेल बनाइदिए पनि भारतले जस्तो पाँच लाख नेपालीलार्इ रोजगार दिन नसक्ने दाबी गरेका छन् ।
बेलायतकै अर्को चर्चित पत्रिका इन्डिपेन्डेन्टको अनलाइन संस्करणमा समेत चीन-नेपाल रेल सेवाको समाचारले स्थान पाएको छ ।
इन्डिपेन्डेन्टले चीनको यो परियोजनाले दक्षिण एसियामा एकछत्र राज गरिरहेको भारतको टाउको दुखाउने समेत उल्लेख गरेको छ ।
चीनले सगरमाथा मुनिबाट सुरुङ खनेर रेलवे नेपालमा पुर्याएमा दुर्इ देशबीचको व्यापार र पर्यटन ह्वात्तै बढ्ने इन्डिपेन्डेन्टको अनलाइन संस्करणमा उल्लेख छ ।

Category: News
0 comments