Hindi Films

म कताबाट भर्जिन हुनु नि!अहिले टिन एजमै सेक्सको अनुभव हुन्छ, नन्सेन्स कुरा :रेखा

Unknown | 03:46 | 0 comments



२०७१ चैत्र २७ शुक्रबार  
केही दिनअघि रेखा थापाको नामका एउटा भनाइ चर्चामा आयो, 'म अझै भर्जिन छु।' काम, नाम र तर्कले समेत मिडिया स्टन्डमा दखल राख्ने उनको यो भनाइलाई धेरैले त्यही रूपमा बुझे। तर, यो कुराले रेखा भने अचम्ममा परिन्।
 
'म भर्जिन छु भन्ने कुरा ननसेन्स हो। अहिलेको समयमा अधिकांशले टिन एजमै सेक्सको अनुभव गरिसकेका हुन्छन्', रेखा भन्छिन्, 'आफ्नो पोर्टल बिकाउन कलाकारलाई प्रयोग नगरे हुन्थ्यो।'

नेपाली चलचित्रमा नम्बर वान नायिकाको ट्याग पाएकी रेखा दमदार अभिनयसँगै प्रेम र विवाहका विषयमा पनि बारम्बार चर्चामा आउँछिन्। 

म भर्जिन छु भन्ने कुरा ननसेन्स हो। अहिलेको समयमा अधिकांशले टिन एजमै सेक्सको अनुभव गरिसकेका हुन्छन्। 
निर्माता छविराज ओझासँग लगभग एक दशक 'लिभिङ टुगेदर'को सम्बन्धमा रहेकी उनी अहिले आमासहित परिवारका साथमा बस्ने गर्छिन्। 'टिन एजमा म कर्म दिने बाबुसँग रहेँ। छविराजलाई म कर्म दिने बाबुका रूपमा लिन्थेँ र लिन्छु', रेखा प्रस्ट्याउँछिन्।
 
जीवन भर्खर बुझ्न थालेको बताउने उनी विवाह आवश्यक रहेछ भन्ने निष्कर्षमा पुगेकी छन्। 'बाल्यकालमा भाँडाकुटी खेल्ने साथीजस्तै जीवन अगाडि बढाउन, सृष्टि चलाउन पनि विवाह जरुरी रहेछ। 
 
आमा मलाई कि केटा खोजिदिन्छौं कि छ भने भन भन्नुहुन्छ', विवाह योजना सुनाउँदै रेखा थप्छिन्, 'म आत्मनिर्भर केटी हुँ, विवाहको हतार छैन। तापनि २०७२ देखि ७४ सालभित्र पक्का हुन्छ। जब म लोग्नेको घर सम्हाल्छु, बच्चा जन्माउँछु, त्यसपछिमात्र पूर्ण नारी हुनेछु।'
 
चल्तीमा रहेकी नायिका रेखालाई विवाहको प्रस्ताव गर्ने कति होलान् त? 'मलाई अचम्म लाग्छ, विवाहको प्रस्ताव अहिलेसम्म कसैले राखेका छैनन्। सायद पर्दामा जस्तै स्ट्रोङ छ भनेर हो कि।
 
यदि म सामान्य केटी भएको भए माग्न आउनेको लर्को हुन्थ्यो होला। कहिलेकाहीँ स्टार कलाकार भनेको सजाएर राख्ने कागजको फूलजस्तो लाग्छ मलाई', रेखाको भनाइ छ। 
 
आफूले पनि अहिलेसम्म कसैलाई प्रेम वा विवाहका लागि प्रस्ताव नगरेको उनको तर्क छ। 'म केटी मान्छे। कहाँ त्यसरी प्रस्ताव गर्न सक्छु र? मेरा दुई दिदी र दुई दाइको मागी विवाह भएकाले मेरो पनि मागी विवाह हुनसक्छ', उनी थप्छिन्।
जीवन अगाडि बढाउन, सृष्टि चलाउन विवाह जरुरी रहेछ। २०७२ देखि ७४ सालभित्र मेरो विवाह पक्का हुन्छ। मेरा दुई दिदी र दुई दाइको मागी विवाह भएकाले मेरो पनि मागी नै हुनसक्छ।
चलचित्र 'हिरो'बाट रजतपट प्रवेश गरेकी नायिका एवं निर्मात्री रेखा थापाको नाममा दर्जनौं हिट चलचित्र छन्। अहिले आफ्नै लगानीमा चलचित्र 'रामप्यारी' छायांकनको तयारीमा रहेकी उनको ग्ल्यामरस छविले धेरैलाई आकर्षित गरेको छ।
 

'चलचित्र क्षेत्रमा रहेसम्म म सेक्सी र ग्ल्यामरस रहनेछु। ग्ल्यामरस हुनु भनेको आकर्षक हुनु हो। जसरी अमिताभ बच्चन ७२ वर्षको 
  उमेरमा पनि ग्ल्यामरस छन्।' 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments