Hindi Films

धेरै दौडिनु भन्दा सोफामै दिन कटाउनु ठीक...(विस्तारमा)

Unknown | 09:24 | 0 comments




जिउ तन्दुरुस्त बनाउने चाहनामा दिनहुँ कडा व्यायाम तथा लामो र तिब्र गतिको दौडमा सहभागी हुनुहुन्छ ? त्यसो भए सावधान ! अत्यधिक व्यायामले तपाइँको ज्यानै लिनसक्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार ७ माइल प्रतिघण्टा वा सो भन्दा तिब्र गतिमा नियमित रुपमा दौडिँदा त्यसले स्वास्थ्यमा सकारात्मक भन्दा नकारात्मक असर धेरै पूराउँदछ । १ हजार ९८ जना धावकहरुमा गरिएको अध्ययनले सबैभन्दा तिब्र गतिमा दौडिने मानिसहरुको हल्का गतिमा दौडिने मानिसहरुभन्दा १२ वर्ष सम्म छिटो अल्पायुमै मृत्यु हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार हप्तामा २-३ पटकसम्म ७ माइल प्रतिघण्टाको तिब्र गतिमा दौडिने मानिसहरु ५ माइल प्रति घण्टा वा सो भन्दा कम गतिमा दौडिने मानिसहरु भन्दा अल्पायुमा मरण हुने जोखिम बढि हुन्छ । वास्तवमा तिब्र व्यायामको रुपमा तिब्र गतिमा नियमित रुपमा दौडिने मानिसहरुको अल्पायु मरणको दर व्यायाम नै नगर्ने मानिसको जत्तिकै हुने तथ्य स्पष्ट भएको छ । डेनमार्कको कोपनहेडनस्थित फ्रेण्डेरिस्कबर्ग अस्पतालमा रहेको कोपनहेगन सिटी हार्ट स्टडीका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका टेलिग्राफले जनाएको छ । शोधकर्ता डाक्टर पिटर स्नोहरका अनुसार सरीरको स्वास्थ्यका लागि कुन तहसम्मको व्यायाम आवश्यक रहन्छ भन्ने कुराको उच्चतम सीमा रहन्छ । दैनिक रुपमा जगिङ गर्दा हुने दौडको तिब्र गति मानिसले गर्ने कडा व्यायाम बराबर हुन्छ । उनका अनुसार यस्तो दौडाइ दशकौँसम्म जारी राख्ने हो भने त्यसले स्वास्थ्य सम्बन्धि जोखिम निम्त्याउँछ, विशेष गरी मुटुरोगको जोखिम । शोधकर्ता भन्छन्, ‘यदि तपाइँको लक्ष्य अल्पायु मरणको जोखिम घटाउनु वा आयु बढाउनु हो भने हप्तामा केही पटक मात्र मध्यम गतिमा जगिङ गर्नु राम्रो रणनीति हुन्छ । आवश्यकता भन्दा बढि दौड अनावश्यक मात्र होइन हानिकारक समेत हुन्छ ।’ शोधकर्ताहरुले सिटी हार्ट स्टडी सेन्टरमा कुल ५ सय ४८ जना स्वस्थ मानिसहरुलाई उनीहरुको क्रियाकलापको विषयमा प्रश्न सोधेका थिए । त्यसक्रममा १ हजार ९८ जना स्वस्थ नियमित धावक तथा ४ सय १३ जना जगिङ गर्दै नगर्ने तर स्वस्थ मानिसहरु पहिचान गरी १२ वर्षसम्म उनीहरुको विषयमा अध्ययन गरियो । त्यसक्रममा हप्तामा १ देखि २.४ घण्टा जगिङ गर्ने मानिसहरुमा मृत्युदर सबैभन्दा कम रहेको पाइयो र यिनीहरुले हप्तामा बढिमा ३ पटकसम्म मात्र जगिङ गर्ने गरेको पाइयो । समग्रमा, सुस्त तथा मध्यम गतिमा जगिङ गर्नेहरुमा मृत्युदर उल्लेखनीय रुपमा कम रहेको पाइयो । जबकी तिब्र गतिमा जगिङ गर्नेहरुमा जगिङ गर्दै नगर्ने र दिनभर बसिरहने मानिसहरुमा जत्तिकै उच्च मृत्युदर रहेको पाइयो । शोधकर्ताहरुले जगिङ गर्नेहरुमध्ये २८ जनाको मृत्यु भएको र बसिरहने तथा जगिङ नगर्नेहरुमध्ये १ सय २८ जनाको मृत्यु भएको पाए । तर मृत्यु भएका जगिङ गर्ने मानिसहरु तुलनात्मक रुपमा युवावस्थाका थिए, जसको रक्तचाप र मोटोपना कम हुनुका साथै धुमपान र मधुमेह समेत कम थियो । जबकी जगिङ नगर्ने मानिसहरु जसले ज्यान गुमाएका थिए उनीहरुको स्वास्थ्य अवस्था सुरुमै नाजुक थियो । बि्रटिस हार्ट फाउण्डेसनका विज्ञका अनुसार मुटुलाई स्वस्थ राख्नका लागि म्याराथन दौडिन आवश्यक छैन । निस्क्रिय रहनु वा तिब्र गतिमा दौडिनु भन्दा मध्यम गतिमा नियमित रुपमा जगिङ गर्नु फाइदाजनक हुने र यसले मानिसको अल्पायु मरणको जोखिम समेत कम हुने निष्कर्ष निकालिएको शोध रिपोर्ट अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा छापिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments