ब्वायफ्रेण्डको घरमा चोर्न पस्दा चिम्नीमा अडि्कइन् युवती...
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
घरभित्र छिरेर बहुमुल्य सामान चोरी गरी रातारात धनी हुने कुइच्छाका कारण एक महिलालाई बित्यासै परेको छ । धुवाँ जाने चिम्नीबाट घरभित्र छिर्ने योजना साथ चिम्नीमा पसेकी ती महिला चिम्नीभित्रै अडि्कएपछि झण्डै उनकेा ज्यानै गएन ।
घटना अमेरिकाको क्यालिफोर्नियाको हो । ३० वर्षकी जेनोभेभा नुनेज फिगुइरोआ नामकी ती युवती आइतबार लस एन्जल्सको एक मानिसको घरमा छिर्ने प्रयास गरेकी हुन् । ती युवतीले त्यो मानिसलाई अनलाइनमा भेटेकी थिइन् र अनलाइनबाटै केटी साथी बनेकी थिइन् ।अनलाइनमा कुराकानी गर्दा सबै कुराको भेउ पाएपछि चोर्ने योजनाका साथ उनी त्यो पुरुषको घरभित्र छिर्नका लागि चिम्नीमा पसेकी थिइन् । तर उनी चिम्नीभित्रै अडि्कएपछि गुहार माग्दै चिच्याउन थालिन् ।
चिम्नी भित्र महिला चिच्याएको सुनेपछि घरमालिक र अरु छिमेकीले अग्नीनियन्त्रकलाई बोलाए । अग्नी नियन्त्रकहरुले इँटाको चिम्नीभित्र २ मिटर तल अडि्कएकी ती महिलालाई बाहिर निकाल्न सफल भए । चिम्नीमा अडि्कएकी ती महिलालाई बाहिर निकाल्न सजिलो होस् भनेर उद्धारकर्मीहरुले इँटा फुटाउनुका साथै चिम्नीमा साबुनको फिँज खन्याएर चिप्लो बनाउनुपरेको थियो ।
ती महिलालाई सुरुमा अस्पतालमा लगियो र पछि उनीमाथि घरमा जबरजस्ती छिर्ने प्रयास गरेको र गलत सूचना दिएको अभियोगमा मुद्दा चलाइएको छ ।source:kantipursamachar
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments