सित्तैका गाडीले सर्वसाधारणलाई सास्ती
![]() |

Thursday 30th of April
डिल्लीरमण, काठमाडौँ, १७ वैशाख, नेपालमा महाभूकम्प आएपछि प्रभावित सर्वसाधारणलाई घर फर्कनको लागि विभिन्न संघसंस्थाले उपलब्ध गराएका सित्तैका सवारी साधनले सुविधाभन्दा धेरै सास्ती भएको सर्वसाधारणले बताएका छन् । नयाँ बानेश्वरबाट बुधवार र विहीबार छुटेका प्याब्सन, एनप्याब्सन लगायतका संस्थाका गाडीले पूर्वमा इटहरी र पश्चिममा बुटवलसम्म सेवा दिए पनि उचित मात्रामा सवारी साधनको जोहो गर्न नसक्दा सर्वसाधारण पीडित बनेका छन् । विहान ७ बजेदेखि नयाँ बानेश्वर स्थित संविधानसभा भवन परिषरबाट छुटेका गाडी चढ्न सर्वसाधारण विहान २ बजेदेखि लाइनमा बसेका थिए । विहानै केही गाडी छुटे पनि पछि आउने सर्वसाधारणले त्यतिकै फर्कन परेपछि उनीहरु आक्रोसित देखिन्थे ।
५०० गाडीको हौवा
विभिन्न संघ संस्थाको सहकार्यमा नेपाल सरकार मन्त्री परिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट आधिकारिक सूचना जारी गरी ५०० गाडी सित्तैमा पठाउने बताएपछि सर्वसाधारण झोला बोकेर आ–आफ्नो गन्तव्य तर्फ जान बानेश्वर पुगे तर गाडी नभेटेपछि त्यतिकै फर्किए । त्यस क्षेत्रमा सुरक्षाको व्यवस्थापनमा खटिएका प्रहरीले जानकारी दिएअनुसार हिजो बुधवार ६२ वटा गाडीले सेवा दिएको र आज करिब १०० गाडी छुटेका थिए । अब भोलिदेखि गाडी संचालन हुने नहुने थाहा नभएको उनीहरु बताउँछन् । गाडी सोध्दै आइपुगेका सर्वसाधारणलाई सम्झाएर फर्काउन गाह्रो भएको एक प्रहरीले बताए । उनले भने – 'सरकारले ५०० गाडी संचालनमा आउने बतायो, सर्वसाधारण आए अहिले उक्त संख्यामा गाडी नहुँदा उनीहरु आक्रोसित छन् । गाडी संचालनमा ल्याउनु भन्दा हौवा ठूलो गरेपछि अहिले सम्हाल्न गाह्रो भएको छ । अब भोलिदेखि गाडी संचालन नहुने भनेको छ, आधिकारिक जानकारी नहुँदा हामी पनि केही भन्न सकेका छैनौँ ।' बुधवार र विहीबार चलेका गाडीले केही यात्रुलाई भने सुविधा नै पुगेको छ ।
अधिकांशले उपत्यका छाड्दै
महाभूकम्पले त्रसित र पीडित बनेका सर्वसाधारण जतिसक्दो चाँडो काठमाडौँ छोड्न चाहन्छन् । तर सवारी साधनको अभावमा उनीहरु चाहे जसरी फर्किन पाइरहेका छैनन् । महाभूकम्पपछि पनि लगातार धेरै पराकम्पनहरु आएपछि पीडित थप पीडित भएका छन् भने उपत्यका बाहिरका मध्य तथा पूर्वका जिल्लाहरुका सर्वसाधारण जतिसक्दो चाँडो आफ्नो घरपरिवारमा पुग्नको लागि हतारमा देखिन्छन् । भूकम्पपछि सडक र खुल्ला चौरमा विस्तार भएको अव्यवस्थित बस्ती र भत्किएका संरचनाभित्र पुरिएका मृतकहरुको शवको दुर्गन्ध आउन थालेपछि हैजा र रोगको महामारी फैलिने डरले पनि उनीहरु राजधानी छोड्ने र अलि सान्त भएपछि पुनः फर्किने सोचमा छन् । त्यसको लागि काठमाडौँका भत्किएका संरचना र मृतक तथा घाइतेहरुको उद्दार पर्खिनु पर्ने हुन्छ ।
काठमाडौँको यो संकटग्रस्त अवस्थामा सर्वसाधारणले राजधानी छोड्दा केहीले आलोचना समेत नगरेका भने होइनन् तर विशेषज्ञहरु बताउँछन् 'उपत्यका बाहिरका व्यक्ति यो समयमा बाहिर जानु उचित छ । उनीहरुका पनि आफन्त र परिवार गाउँमा पनि पीडित र प्रभावित छन् । अर्को कुरा उनीहरु भूकम्पले त्रसित छन् र केही समय फ्रेस हुन पनि उनीहरु बाहिर जान चाहन्छन् साथै काठमाडौँको अव्यवस्थित बसोवास र मान्छेको चापले यो समयमा सानोभन्दा सानो रोगले पनि महामारीको रुप लिनसक्ने भएकोले बाहिरका मान्छे केही दिनलाई फर्किनु उपयुक्त हुने एक चिकित्सकले बताए ।
अर्को तर्फ सीप र स्रोतसाधन विनाका नेपाली युवाहरुलाई उद्दार कार्यमा लगाउन नसकिएपछि पनि राजधानीमा भन्दा गाउँमै युवाहरुको आवश्यकता हुने केहीको बुझाई छ । गाउँका युवा सबै विदेश तथा शहर पसेपछि विपत्तिको समयमा गाउँमा तत्काल उद्दारको अभावमा धेरैले ज्यान गुमाउनु परेको छ । नेपालका बढी प्रभावित जिल्ला गोरखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, मकवानपुर, रामेछाप, दोलखा लगायतका जिल्लामा युवा नहुँदा धेरैले उद्दारको अभावमा ज्यान गुमाउनु परेको जिल्लाहरुबाट रिपोर्ट आइरहेका छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News

0 comments