Hindi Films

आलिया भट्टका ब्वाईफ्रेण्ड सिद्धार्थ भर्जिन नभएको खुलाशा

Unknown | 08:11 | 0 comments

April 4, 2015 मुम्बई । बलिउड अभिनेता सिद्धार्थ मल्होत्राले एक अनौठो खुलासा गरेका छन् । सिद्धार्थले खुलेआम रुपमा सामाजिक सञ्जालमार्फत आफू भर्जिन नरहेको बताएका हुन् । सिद्धार्थको यो खुलासाको कथा भने अर्के छ । अभिनेता सिद्धार्थले फोटो शेयरिङ साईट इस्टाग्राममा एक सेल्फीका साथ प्रवेश गरेका छन् ।
सेल्फीका साथ उनले लेखेका छन्, ‘ओपनिङ सेल्फी…अब इष्टाग्राममा भर्जिन रहिन ।’ उनी अहिले परिवारका साथ ट्रिप इन्जोय गरिरहेका छन् । फिल्म निर्माता करण जौहरको शो ‘कफी विद करण’ मा सलमान खानले आफ्नो भर्जिनिटी खुलासा गरेका थिए । तर सिद्धार्थले भने इष्टाग्रामलाई लिएर यस्तो बताएका हुन् । सिद्धार्थ छिट्टै फिल्म ‘ब्रदर्श’ मा आउँदैछन् । नायिका आलिया भट्टसँग प्रेममा रहेका सिद्धार्थले उनको जन्मदिनमा अमेरिकाबाट मगाएर महंगो क्यामेरा उपहार दिएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments