Hindi Films

''सबैला हत्याकाण्डका'' आरोपी'प्रहरी खोजीमा रहेका एमाले नेता पार्टी सम्पर्कमा'

Unknown | 04:03 | 0 comments



yognarayan
जनकपुर, वैशाख ४ - सबैला हत्याकाण्डका मुख्य योजनाकार भनिएका एमाले पोलिटब्युरो सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज योगनारायण यादव आफ्नो सम्पर्कमा रहेको पार्टीको धनुषा जिल्ला समितिले जनाएको छ । 'यादव पार्टी सम्पर्कमा छन्,' घटनाबारे पार्टीको आधिकारिक धारणा राख्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले भने, 'मुद्दा दर्तापछि अदालतमा हाजिर हुने छन् ।' घटनामा यादवको संलग्नता नरहेको दाबी जिल्ला इन्चार्ज साहले गरे ।
उनीसहित २४ जनाविरुद्ध जिल्ला प्रहरी धनुषामा जाहेरी दर्ता भएयता यादव सम्पर्कविहीन छन् । उनलाई प्रहरीले तीव्र खोजीको सूचीमा राखेको छ । गत चैत ९ को घटनामा २ जनाको हत्या भएको थियो । घटनामा यादवको संलग्नता रहेको उल्लेख गर्दै सबैलावासीले गत आइतबार सदरमुकाम जनकपुरमा प्रदर्शन गरेका थिए । सबैला १ स्थित मदन-आश्रति निमावि व्यवस्थापन समिति गठन विवादमा २ पक्षबीच भएको झडपमा परी रामसेवक राउत गडेरीको मृत्यु भएको थियो भने रामप्रकाश यादवलाई रहस्यमय ढंगले गोली हानी हत्या गरिएको थियो । 
एमाले समर्थक रामप्रकाशलाई माओवादी मोर्चा सम्बद्ध व्यक्तिहरूले हत्या गरेको जिल्ला इन्चार्ज साहले आरोप लगाए । सबैलावासीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा रामप्रकाशको हत्या योगनारायणका समर्थकले नै गरेको उल्लेख छ ।
राउत हत्या प्रकरणमा योगनारायण, उनका भाइ महेन्द्र यादव, जगदीश यादव, रासविहारी यादव, अक्षयलाल महतोलगायत २४ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । तीमध्ये महेन्द्र, महेश र रासविहारी यादव प्रहरी नियन्त्रणमा छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments