Hindi Films

रौतहट आन्दोलनः भारतीय भूमिबाट नेपालतर्फ दर्जनौं राउन्ड गोली प्रहार (भिडियो)

Unknown | 07:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 6, 2015 रौतहट, चैत्र २३ । रौतहटको गौरमा आन्दोलन चर्किएको बेला सीमापारी भारतीय भूमिबाट नेपालतर्फ दर्जनौं राउन्ड फायरिङ भएको छ । रौतहट सदरमुकाम गौरबाट ५ किलोमिटर दक्षिण नेपाल–भारतबीचको दसगजा क्षेत्रमा पर्ने पुनर्वासा र नवरत्नस्थित बाँसघारीमा लुकेका समूहले नेपाली भूमितर्फ लक्षित गरेर सोमबार दिउँसो गोली तथा बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
करिब दुई सयको संख्यामा रहेका भारतीयहरुले सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको क्याम्प र प्रहरी पोस्टलाई लक्षित गर्दै फायरिङ गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । आन्दोलनकारीको एउटा समूहले सशस्त्र प्रहरीको बेस क्याम्पमाथि ढुंगामुढा गरिरहेको मौका पारेर सीमा पारीबाट गोली तथा बम प्रहार भएको जनाइएको छ । नेपाली सुरक्षाकर्मीहरुले पनि तीन राउन्ड हवाई गरी ढुंगामुढा गर्ने आक्रमणकारीलाई भगाएको र भारतीय सुरक्षा फौजसँग समन्वय गरेर स्थितिलाई नियन्त्रणमा लिएका थिए । अहिले सीमा क्षेत्रमा दुबैतर्फका सुरक्षाकर्मीले गस्ती गरिरहेको जनाइएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय पक्षसँग समन्वय गरेर स्थितिलाई सामान्य बनाइएको बताए । त्यसअघि आन्दोलनकारीले सशस्त्र प्रहरी बलको बेलबिछुवास्थित बेस क्याम्पमा पेट्रोल बम आक्रमण गरेका थिए । पेट्रोल बम प्रहारबाट क्याम्पमा आगो लागेको थियो । आगजनीलाई तत्काल नियन्त्रणमा लिइएको थियो भने पेट्रोल बम प्रहार गरेपछि आन्दोलनकारी त्यहाँबाट भागेको सशस्त्र प्रहरी प्रमुख एसपी विदुर खड्काले जानकारी दिए । त्यसक्रममा भएको झडपमा ११ जना घाइते भएका थिए । आन्दोलनकारीले क्याम्प आसपासको संरचना पनि तोडफोड गरेका छन् । केही दिनअघि सशस्त्र प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका स्थानीय रामाशिष ठाकुरलाई सहिद घोषण गर्नुपर्ने माग गर्दै आन्दोलन भइरहेकोमा गौर–५ पोखरिया टोलका ६५ वर्षीय जाहिर अन्सारीको आइतबार राति सुतिरहेको अवस्थामा घाँटी रेटी हत्या भएपछि स्थानीयहरुले सोमबार बिहानैदेखि गौरमा प्रदर्शन चर्काएका थिए । घरमा बास बस्न गएका अज्ञात व्यक्तिले धारिलो हतियारले अन्सारीको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका अन्सारीका दुई छोराले घर बनाउन पठाएको ५ लाख रुपैयाँसमेत लुटिएको परिवारजनले जनाएका छन् । हत्या गर्ने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसैबीच, वार्ताका लागि काठमाडौंबाट गएको टोली भने वार्ता गर्ने वातावरण नभएको भन्दै फर्किएको छ । यता, रौतहटकै चन्द्रनिगाहपुरमा नापी र मालपोत कार्यालय विस्तार गर्न माग गर्दै स्थानीय बासिन्दाले सोमबार दोस्रो दिनपनि प्रदर्शन गर्नुका साथै एक घन्टा राजमार्ग अवरुद्ध पारेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments