६ जनाको हत्या गर्ने ‘सिरियल किलर’लाई ३५ वर्ष कैद
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भक्तपुर, चैत २४– ९ वर्षयता ६ जनाको हत्यामा संलग्नता रहेको अभियोगमा पक्राउ परेका सिरियल किलर अभिषेकराज सिंहलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा बस्ने वर्ष ३३ का सिंहले २०६९ साउन ७ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ गठ्ठाघर बस्ने बुद्ध भन्ने जगत्सिंह तामाङलाई अपहरण गरी साउन १० गते हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला भएको हो ।jail
सिंहले अपह्ररित तामाङलाई भारत उत्तरप्रदेश फैजावाद पु¥याएर हल्दीमा ट्राइट २५ एमजी मिसाएर खुवाई बेहोस बनाई १० एमजीको स्टगन सूई पाँचपटक दिई हत्या गरी सडकबाट फालेर नेपाल आएको स्वीकारेको अदालतले जनाएको छ ।
अदालतका न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले हिजो साँझ गरेको फैसलामा तामाङको अपहरण गरेकामा १५ वर्ष जेल र रु एक लाख जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले आज आज जानकारी दिए ।
तामाङकै हत्यासम्बन्धी ज्यान मुद्दामा सर्र्वस्वसहित जन्मकैद र तामाङको परिवारलाई रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने पनि फैसला गरेको उनले बताए ।
त्यसैगरी सिंहले २०७० साल असोज ९ गते काठमाडौँ महानगरपालिका–३५ का लोमस औषधि कम्पनीको स्टोर प्रबन्धक रहेको ३२ वर्षीय नीरजजङ्ग पाण्डेलाई धनुषा बेंगाडावर–८ लालगढस्थित पूर्व–पश्चिम राजमार्ग नजिक पु¥याएर हत्या गरेका थिए ।
सिंहले जग्गाको कमिसन विवादमा काठमाडौँ इचँगुनारायण–२ का निरप भन्ने नरबहादुर गोतामेलाई २०६७ साल साउन ११ गते सुर्खेतको आशीर्वाद होटलमा लगेर ५ वटा डाइजिपाम र ४ नाइट्रोभेट इन्जेक्सन दिएर बेहोस बनाई हत्या गरेका थिए ।
त्यस्तै उनले २०६९ साल कात्तिक १३ गते काभ्रे शङ्खु पाटीचौर–४ घर भई कोटेश्वर बस्ने सार्कीमान तामाङको पनि हत्या गरेका थिए । अभिषेककै घरमा खाना पकाउने तामाङबाट आफ्ना गोप्य जानकारी सार्वजनिक गरिदिने आशङ्कामा सिंहले सुन्धारास्थित न्यु आकाश गेस्टहाउसको १०२ नम्बर कोठामा लगेर रक्सी खुवाई बेहोस बनाएर हत्या गरेका थिए ।
सिंहले हत्या गरेका चार जनाको पहिचान भए पनि अन्य दुई जना भने पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments