Hindi Films

रानीबारी हत्या : अदालतमा बहस सुरु, सर्वस्वसहित जन्मकैद माग

Unknown | 12:36 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र २५ बुधवार काठमाडौं : चर्चित रानीबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रमेश चौहान र मनराज गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सर्वस्वसहित जन्मकैदको मागसहित चौहान र गुरुङको बयान सकेर मंगलबार सरकारी वकिल कार्यालयलाई मिसिल बुझाएको थियो। बुधबार जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले प्रतिवादी चौहान र गुरुङको बयान सकेको छ। प्रतिवादीका पक्षबाट अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। ब्युरोका प्रहरीसँग समेत इन्कारी बयान दिएका चौहान र गुरुङले अदालतमा पनि त्यस्तै बयान दिएका छन्। बिहीबार बिहान १० बजे पुन: बहस सुरु हुने जानकारी अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेलले दिए। सरकारी वकिल कार्यालयले रानीबारी हत्याकाण्डका साक्षीलाई बन्द इजलासमा बयान गराउनुपर्ने माग अदालतसमक्ष गरेको छ। त्यसैगरी हत्यामा संलग्न चौहान र गुरुङविरुद्ध निरन्तर सुनुवाइ हुनुपर्ने मागसमेत सरकारी वकिल कार्यालयले गरेको छ। स्रोतका अनुसार महान्यायाधिवक्ता र न्यायाधीशहरूसमेत त्यसमा सकारात्मक देखिएका छन्। चौहान र गुरुङको आपराधिक पृष्ठभूमिका कारण साक्षीलाई बन्द इजालासमा बयान गराउनु आवश्यक रहेको ब्युरोका एक अधिकृतले बताए। रानीबारी हत्याकाण्डभन्दा अगाडि २०६० जेठ १७ गोलढुंगामा म्यानपावर सञ्चालक लीलामाया गिरीको हत्यामा समेत अदालतमा झूटो बयान दिएर उम्कन सफल भएका गुरुङ र २०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले सुविधामा छुटाएका चौहानलाई रानीबारी हत्याकाण्डबाट पनि उन्मुक्ति दिलाउने खेल भइरहेको दाबी प्रहरी स्रोतले गरेको छ। गुरुङ र चौहानलाई ब्युरोको हिरासतमा रहँदा भेट्न आउने सभासद् र व्यक्तिमाथि पनि प्रहरीले निगरानी बढाएको छ। केही गिरोहले अभियुक्तद्वयलाई उन्मुक्ति दिलाउन जति पनि पैसा खर्च गर्ने भन्दै शक्तिकेन्द्र धाउँदै आएको सूचना प्रहरीले पाएको छ। ब्युरोले अभियुक्तद्वयसँग निकट केही गुण्डाका नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा समेत मुद्दा दायर गर्ने तयारी गरेको छ। २०५९ असार ३१ गते रानीबारीमा वैदेशिक रोजगार व्यवसायी गीता खड्काको हत्या गर्न पुगेका चौहान र गुरुङले तल्लो तलामा रहेका राजन श्रेष्ठ र अञ्जलीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप प्रहरीको छ। म्यानपावर व्यवसायी लीलामायाको हत्याका समयमा पैसाको चलखेल गरी गुरुङको प्रतिरक्षाका लागि चौहानलाई हत्याको जिम्मा लिन लगाइएको प्रहरीको दाबी छ। राजन र अञ्जलीको हत्या प्रमाण यथेष्ट रहेको ब्युरोले जनाएको छ। स्रोतका अनुसार तत्कालीन समयमा हत्यापछि भागेको देख्ने केही प्रत्यक्षदर्शीले समेत अनुसन्धानमा सहयोग गरेका छन्। ब्युरोले चौहान र गुरुङसँग बयान लिने क्रममा उनीहरूको सम्पत्तिबारे खोजबिन गरेको थियो। डान्सबारमा बाउन्सरका रूपमा काम गर्दै आएका उनीहरूको सम्पत्ति १० करोडभन्दा माथि देखिए पछि प्रहरीले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने भएको छ। ब्युरोका प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले भने, 'रानीबारी हत्याकाण्डमा चौहान र गुरुङको संलग्नताबारे प्रहरीसँग थुप्रै प्रमाण छन्। हामीले संकलन गरेका प्रमाणका आधारमा पनि उनीहरूले उन्मुक्ति पाउन धेरै गाह्रो छ।'
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments