Hindi Films

एसिड आक्रमणबाट घाइते छात्रालाई राप्रपा नेपालद्वारा सहयोग

Unknown | 08:33 | 0 comments

   , April 21, 2015 
काठमाडौं, बैशाख ८–केही समय अघि राजधानीको बसन्तपुरमा एसएलसीको तयारीको लागि ट्युसन बड्न जाँदा एसिड आक्रमणमा परी सख्त घाईते भएकी संगीता पुलामी मगर र सिमा बस्नेतलाई राप्रपा नेपालले आर्थिक सहयोग गरेको छ । seema sahayog
राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली संगठन जापानले उपचारका निमित्त जुटाएको ५०,००० रकम राप्रपा नेपालका अध्यक्ष कमल थापाले पिडित संगीता पुलामी मगरकी आमा र अर्का पिडित सिमा बस्नेतलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदान गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
प्रवासी नेपाली संगठन जापानका अध्यक्ष रघुदिप खड्का र अर्पणराज खरेल लगायतले जापानमा संकलित रकम पार्टीको प्रवासी नेपाली समन्वय विभाग मार्फत नेपाल पठाएका हुन् । आर्थिक सहयोग प्रदान गर्दै अध्यक्ष थापाले यस घटनाले आफुलाई अत्यन्त दुःखी बनाएको भन्दै पिडितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
पिडित सिमा बस्नेतले राप्रपा नेपालले आफुहरुप्रति देखाएको सद्भावको निमित्त धन्यवाद व्यक्त गरिन् । विभागका प्रमुख श्याम के.सी. र सदस्य सचिव विजय खड्काले पिडाको घाउमा यो थोरै मलम लगाउने प्रयास मात्र भएको बताए ।
आक्रमणकारी रामेछापका जीवन बिक भने अहिले अपराधको सजायँ काटिरहेका छन् ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments