नेपाल सेमिफाइनलको नजिक, माल्दिभ्स् १० गोलले पराजित
![]() |
मिडिया एनपी, काठमाडौं । काठमाडौंमा जारी नेपाल एएफसी अन्डर १४ क्षेत्रीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको दोश्रो खेलमा माल्दिभ्समाथि १०–० को फराकिलो जित हासिल गर्दै नेपाल समेफाइनल नजिक पुगेको हो । लगातार दोश्रो जित हासिल गरेसँगै नेपाल अन्तिम चार नजिक पुगेको हो । नेपाललाई जिताउनेक्रममा रेखा पौडेल र निर्मला उपाध्यायले ह्याट्रिक गर्दा मनिषा राउतले २ तथा सम्झना लावती, मञ्जली कुमारीले एक–एक गोल गरे ।
यसअघि उद्घाटन खेलमा सोमबार बलियो प्रतिद्वन्द्वी इरानलाई रेखाको दुई गोलको मद्दतले ३–२ ले हराउँदै नेपालले विजयी सुरुआत गरेको थियो । मंगलबारै ललितपुरस्थित आर्मीको खेल मैदानमा भएको खेलमा इरानले श्रीलंकालाई ११–१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबारै भारत र बंगलादेशबीचको खेल भने बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेल ७० मिनेटको खेलाइएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा दक्षिण एसिया र मध्य एसियाका ७ टिम सहभागी छन् । नेपालको समूहमा इरान, श्रीलंका र माल्दिभ्स छन् भने अर्को समूहमा भारत, भुटान र बंगलादेश छन् । नेपालले बुधबार अपरान्ह ४ बजे दशरथ रंगशालामै श्रीलंकासँग खेल्नेछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments