Hindi Films

धुम्वाराहीमा मृत भेटिएकी जोत्सनाको यौन चाहना पूरा नगरेको निहुले हत्या भएको खुलाशा ...

Unknown | 06:54 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१८ चैत, काठमाडौं । धुम्वाराहीमा मृत भेटिएकी जोत्सना तामाङलाई उनकै कथित प्रेमीले शौचालयको झ्यालबाट बाहिर हुत्याएर मारेको खुलासा भएको छ । बुधबार विहान धुम्वाराही प्रगतीटोलमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा दार्जिलिङ घर भएकी तामाङको हत्या उनकै कथित प्रेमी प्रितम मानन्धरले गरेको खुलेको हो ।
प्रहरीका अनुसार जोत्सनाका ‘बिजनेस पार्टनर’ रञ्जु थापा मार्फत प्रितमसँग भेटघाट भएको थियो । प्रितमको भाटभटेनीमा एटीटीआइसी रेष्टुरेन्ट छ । रेष्टुरेन्टमा जाने क्रममा सम्बन्ध घनिष्ठ भएपछि प्रितम सातामा एक पटक जोत्सनाको कोठामा खानपिनका लागि पुग्थे । मंगलबार साँझ पनि प्रितम जोत्सनाको घरमा गएका थिए । प्रितम, जोत्सना र पवित्रा लिम्बुले मध्यरातमम्म सँगै बसेर मदिरापान गरेको खुलेको छ । लिम्बु जोत्सनाकी साथी हुन् । प्रहरीका अनुसार जोत्सनाकी ६/७ वर्षकी छोरी समेत छिन् । राती पवित्रा लिम्बु जोत्सनाको छोरीसँग अर्को कोठामा सुतेकी थिइन् भने प्रितम र जोत्सना एउटै कोठामा सुतेका थिए । त्यसक्रममा प्रितम र जोत्सनाले शारिरीक सम्बन्ध समेत राखेका थिए । अत्यधिक मदिरा सेवन गरेका कारण आफ्नो यौन चाहना पूरा नभएपछि जोत्सनाले प्रितमलाई शौचालयमै बोलाएको र त्यसक्रममा उनीहरुबीच विवाद भएको बयानका क्रममा खुलेको छ । जोत्सनाले प्रितमलाई तेरो को-को केटी साथी छ ? किन मेरो चाहना पूरा गर्न सक्दैनस् ? भनेपछि उनीहरुबीच विवाद भएको थियो । विवादकै क्रममा प्रितमले जोत्सनालाई शौचालयको झ्यालबाट बाहिर हुत्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जोत्सनाको हत्यापछि प्रितम भने कोठामा गएर सुतेका थिए । विहान पवित्राले जोत्सनाबारे सोध्दा उनले खै कता गई ? भनी थाहा नभए जस्तो जवाफ दिएका थिए । घटना शंकास्पद भएपछि प्रहरीले प्रितम र पवित्रालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार जोत्सनाका पति विदेशमा छन् । अभियुक्त प्रितम भने अविवाहित हुन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments