Hindi Films

आजको राशिफल:वि.सं.२०७२ साल वैशाख १५ गते। मंगलबार। इश्वी सन् २०१५ अप्रिल २८ तारिख।

Unknown | 11:45 | 0 comments

  
 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। तापनि, सन्तान वा अनुयायीका माध्यमबाट सामान्य काम बन्ने देखिन्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला। मध्याह्नपछि अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि वस्तुहरू उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकेही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ र बिस्तारै फाइदा समेत मिल्नेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। कृषि, पशुपालन आदिमा पनि सामान्य फाइदाकै समय छ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। पितृधनको उपयोगबाट पनि फाइदा उठाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। सानो प्रयासले भाग्योन्नतिको समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकाममा केही चुनौती देखिनेछन्। तापनि, सहयोगीहरूले काममा तत्परता देखाउनेछन्। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। यस्तै, नसोचेको वस्तु लाभ समेत हुने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला स्वास्थ्यमा बाधा, अनायास क्षति जस्ता समस्याले पनि सताउलान्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकेही अधैर्यपना बढ्न सक्छ । तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesहिम्मतले फाइदा उठाउन सकिने समय छ। व्यापार सामान्य र व्यावसायिक काममा राम्रै फाइदा होला। प्रशस्त धन सञ्चय गर्न सकिनेछ। तर, अधिकारका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्न गर्दा काममा सफलता मिल्नेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।


Category:

0 comments