Hindi Films

भूकम्पका घाइतेले पैसा तिर्न नसक्दा केएमसीले फर्काइदियो

Unknown | 07:59 | 0 comments



सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)ले भुकम्पमा परि घाइते भएकी १० वर्षिया सलिना दाहाललाई उपचारको पैसा नतिरेको भन्दै वीर अस्पताल पठाइदिएको छ। 
 
शनिबारको भुकम्पमा परि काभ्रे अनेकपुरमा भएको आफ्नै घर भत्किँदा  सलिनाको टाउको , हात र आँखामा गहिरो चोट लागेको छ। 
 
‘केएमसीमै हो यसको हात प्लाष्टर गरेको,तर हिजो त्यहाँका डाक्टरले उपचार गर्न पैसा चाहिन्छ भने,’सलिनाका हजुरबुवा रामप्रसाद दाहालले सेतोपाटी संग भने,‘पैसा तिर्न सक्दिन भनेपछि त्यहीँको एम्बुलेन्सले यहाँ ल्याइदियो।’
 
भूकम्प आएर घरै ढल्यो। आफ्नी नातिनीलाई ढलेको घरले थिचेपछि हतपति निकालेर काठमाडौँ हिडाएका रामप्रसादले पैसा र अन्य व्यवस्था गर्नै भ्याएका थिएनन्। 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments