Hindi Films

थाइल्याण्को ‘सुन्दरी ब्यवसाय’ र गोर्खाली

Unknown | 02:55 | 0 comments


थाइल्याण्डको पतायामा हुक्का व्यवसाय गरिरहेका सुनिल बस्नेत पर्यटकलाई स्वागत गर्दै थिए। हुक्का तान्ने र घुम्न आउनेलाई बस्नेत भन्दै थिए–‘हामी गोर्खाली हुक्काको स्वाद तपाईँलाई चखाउँदै छौं। आउनुहोस् यसको मजा लिनुहोस्।’

यौन पर्यटनमा विश्वमै ख्याती कमाएको पतायामा बस्नेतको गोर्खाली हुक्कामा आकर्षित हुने पर्यटक पनि उत्तिकै संख्यामा छन्।
बर्मेलीमूलका बस्नेत अहिलेसम्म नेपाल गएका छैनन्। तरपनि उनलाई  नेपालको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षको राम्रो दख्खल छ। ‘म बर्मेली हुँ। तर, नेपाली भनेर गर्व गर्छु,’ उनले भने, ‘त्यसैले पनि मेरो गोर्खाली हुक्काको ब्यापार राम्ररी फस्टाएको छ।’
बस्नेतको हुक्का पसलसँगै एउटा पुल हाउस पनि छ। त्यो पुल हाउसमा पुल खेल्दै बेलाबेलामा हुक्का तानेर नर्तकीहरुसँग थुप्रै पर्यटक रमाइरहेका हुन्छन्। करिव ५० वर्षका मार्टिन नामका पर्यटक गोर्खाली हुक्काले आफूलाई निकै तन्दुरुस्त बनाएको बताए।
उनको भनाइ केही अनौठो पनि लाग्यो- ‘हुक्का स्वास्थ्यको लागि लाभदायक छैन। यसले अनेक रोग निम्त्याउँछ।’ तर, गोर्खाली हुक्कासँग गर्व गर्नेहरू पतायाको सुकुमुद रोडमा थुप्रै पर्यटक भेटिन्छन्।
यौन पर्यटनको लागि नाम कहलिएको यो रोडको धेरै वारहरूमा गोर्खाली हुक्का पुग्ने गर्छ। सानो लगानीबाट ब्यवसाय शुरु गरेका बस्नेतले यसबाट जीविकोपार्जन राम्रीरी गरिरहेका छन्। उनको आम्दानी पनि फस्टाएको छ।
एकातिर गोर्खाली  हुक्का र बस्नेतसँगको भेटले अनौठो अनुभव गराइरहेको थियो भने अर्कोतर्फ  नेपाली चेलीहरू पनि यो शहरमा यौंन व्यवसायमा होमिएको देख्दा दु:ख लाग्छ।
यौन पर्यटनले ख्याती कमाएको यस शहरमा थुप्रै देशबाट शरीर बेच्न महिलाहरू आउने गर्छन्। विशेष गरी थाइल्याण्डसँगै, इन्डोनेसिया, कम्बोडिया, रसिया, मलेसिया र केही संख्यामा बर्मेली र केही संख्यामा नेपाली चेली पनि यहाँ काम गर्न पुगेका हुन्छन्।
नेपाल सरकारले यौन व्यवसायलाई वैद्यानिकता दिएको छैन। तर राजधानी काठमाडौंका ठमेललगायत क्षेत्रका विभिन्न बारहरुमा अवैद्यानिक ढंगले यौन क्रियाकलाप हुने गरेको विभिन्न अनुसन्धानहरूले देखाएको छ।
प्रहरीले छापामारेर समय समयमा उनीहरुलाई पक्राउ गरी दुःख दिने गरेको घटना पनि सार्वजनिक हुँदै आएका छन्। प्रहरीले पक्राउ गरेर छोडेको भोलिपल्ट फेरि ती महिलाहरू फेरि पुरानै व्यवसायमा सक्रिय हुन्छन्।
रोजगारका अन्य विकल्पको खोजी गर्न नसक्दा यो कार्य उनीहरुको लागि एउटा बाध्यकारी अवस्था हो। यस्ता यौन व्यवसायमा लाग्ने महिलाहरु पनि नेपालमा हजारौ संख्यामा छन्। यो व्यवसायले वैद्यानिकता पाउन नसक्दा मात्र उनीहरु देखिन नचाहेका हुन्। तर, थाइल्याण्डमा भने ठीक यसको विपरित छ।
सरकारले यौन व्यवसायलाई वैद्यानिकता दिएर स्वेच्छाले यो व्यवसायमा लाग्ने महिलाबाट करोडौं राजस्व संकलन गरिरहेको छ। निश्चित शहरहरुलाई यौन पर्यटनको स्वरूप दिइएको छ। थाइल्याण्डको त्यस्तै शहरमध्ये पताया पनि पर्दछ। यो शहर दिनभर सुतेर रातभर जागाराम हुने गर्छ।
पतायामा जति जति रात छिपिँदै जान्छ उतिनै झिलिमिली र महिलाहरुको सक्रियता देखिन थाल्छ। सडकमा बसेर पर्यटकलाई तान्ने र बोलाउँदै व्यवसाय गर्ने खुला रूपमा परिचित छ यो ठाँउ।
यहाँ यौन व्यवसाय गर्ने महिलाले सरकारको स्वीकृति (लाइसेन्स) पाएका हुन्छन्। लाइसेन्स नहुने अन्य मुलुकमा महिला पनि प्रहरीसँग लुकिछिपी यस्तो ब्यवसायमा अप्रत्यक्ष रुपमा संलग्न हुने गरेका छन्।
यौन पर्यटनकै कारण थाइल्याण्डमा एयरलाइन्स,  ट्याक्सी, रेष्टुरेण्ट र होटल व्यवसाय  फस्टाएको  छ। सरकारले प्रशस्त राजस्व संकलन गर्छ। थाइल्याण्डमा सन् २०१४ मा दुई करोड ४७ लाख भन्दा बढी पर्यटक भित्रिएका थिए। पर्यटनले थाइल्याण्डको कूल ग्राहस्थ उत्पादनमा २० प्रतिशतभन्दा बढी योगदान दिएको छ।  जसको प्रमुख आम्दानीको श्रोत यौन पर्यटन मानिन्छ।
थाइल्याण्डको पताया शहरका केही यौन व्यवसायमा संलग्न महिलासँग बुझ्दा उनीहरुले यो व्यवसायबाट मासिक एक लाख भाटसम्म कमाउने गरेका छन्।
जुन नेपालको करिब तीन लाख  रूपियाभन्दा बढी हुने गर्छ।
पतायामा समुद्री किनारको मजा र यौनको आनन्द लिन धेरै संख्यामा भारतीय,पर्यटक आउने यहाँको पर्यटन विभागले जनाएको छ। त्यसपछि चिनीयाँ, युरोपेली र अमेरिकाका धेरै संख्यामा पर्यटक आउँछन्। एशियाली देश मलेसिया, बंगलादेश, पाकिस्तान र नेपालबाट समेत नाम कहलिएका ब्यक्तिहरु आनन्द लिन थाइल्याण्ड पुग्ने गर्दछन्।
यौन क्रियाकलापको लागि सुरक्षित गन्तब्यको रूपमा एशियाली मुलुकको थाइल्याण्ड मानिन्छ। सरकारले यौन व्यवसायलाई अवैद्यानिक भन्ने र समाजले उच्छृङ्खल ठान्ने देशका धेरै पर्यटक थाइल्याण्डमा यौन क्रियाकलापमा सक्रिय रहेको बताइन्छ।
थाइल्याण्डमा साताभरीका लागि सम्झौताका रूपमा विवाह गर्ने प्रचलन पनि छ। पताया शहरमा पर्यटकलाई सेवा गर्ने हरेक क्षेत्रमा पुरुषभन्दा महिलानै धेरै देखिन्छन्। लाग्छ कि यो शहरको कुनै क्षेत्रमा काम गर्ने पुरुष नै छैनन्। गाडी चलाएर पर्यटकलाई होटलसम्म पुर्‍याउने, होटल मसाज केन्द्र, वारका सञ्चालक, स्ट्रिट फुड र कपडा पसलहरुमा महिलानै बढी देखिन्छन्।
श्रीमान्‌ले नै श्रीमतिलाई यौन ब्यवसाय गर्नको लागि स्वीकृति दिन्छन्। बुवा र दाइले छोरी, बहिनीलाई मसज केन्द्रसम्म पुर्‍याउँछन्। महिलाको कमाइ खाएर बस्ने पुरूषहरु पनि धेरै यहाँ भेटिन्छन्।
पुरुषहरु धेरै लागूपदार्थ सेवन र अन्य घरायसी काममानै व्यस्त हुन्छन्। पताया पूर्ण रूपले नारीप्रधान शहर रहेको हाम्रा गाइड लुइँले बताउँदै थिइन्। महिलाको स्वेच्छाले गर्ने कुनै कार्यमा रोकटोक छैन।
सानो उमेरदेखिनै पढाइभन्दा काममा लाग्नेहरु धेरै छन्। पैसा कमाउने र काम गर्दै विस्तार पढ्ने जाने प्रचलन रहेको पाइन्छ। पढाइलाई भन्दा सीप, ज्ञान र कामलाई पूजा गरिन्छ, थाइल्याण्डमा। पर्यटकसँग कसरी बोल्ने, उनीहरुलाई के गर्दा खुसी लाग्छ हरेक कुराको ज्ञान गाइडहरुलाई हुन्छ।
अंग्रेजी भाषा केही कमजोर भएपनि थाइल्याण्डका टुरिष्ट गाइडले राम्रोसँगै इशारा सिकेर र सामान्य अंग्रेजी भाषाबाट पर्यटकलाई सम्झाउन, बुझाउन सक्छन्।
बैंकक र पतायाका होटलमा पनि फरर.. अंग्रेजी राम्रोसँग बोल्न सक्ने कर्मचारी बसेका हुँदैनन्।  भारतीयले खोलेका धेरै होटलहरुमा काम गर्ने नेपालीहरू छन्। समान्य काम गर्नेले पनि मासिक ५० हजारभन्दा बढी कमाउँछन्।

स्रोत -सन्जोग आचार्य
         सेतोपाटी

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments