जब माओवादीले रुखमा भोट हाले
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 20, 2015
काठमाडौं – एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले कांग्रेसबाट पैसाको मूठो लिएर बाग्लुङको उपचुनावमा उम्मेदवारी फिर्ता लिएको आरोप लागेको छ । त्यतिमात्र होइन,बाग्लुङ १ को उपचुनावमा एमाओवादीका करिब २ हजार भोट निर्णय गरेरै कांग्रेसलाई खन्याइएको चर्चाले पेरिसडाँडामा खैलाबैला मच्चिएको छ । एमाओवादीका केही नेताले कांग्रेसलाई भोट हाल्ने सूचना पाएका एमाले सचिव गोकर्ण विष्टले बाग्लुङबाट आएपछि पार्टी नेतृत्वलाई जानकारी गराएका थिए । त्यतिमात्र होइन,यो सूचना एमाओवादीसम्म पनि पुगेको थियो ।
एमाओवादी स्रोतले भने त्यतिबेला कांग्रेसको होइन,एमालेको पैसा खाएको भन्दै आफ्नो भोट कांग्रेसलाई नजाने दाबी गरेको थियो । तर,भयो ठीक उल्टो । अहिले बाग्लुङमा एमाओवादीको समीक्षा बैठकमा पनि जिम्मेवार नेताहरुले अन्तर्घात गरेको र माओवादी गढ मानिने अर्गल र तारा गाविसबाटै कांग्रेसलाई भोट खसाइएको भन्दै रडाको मच्चियो । चुनाव लड्न भनेर पोखरा पुगेका शर्माले चित्रबहादुर केसीदेखि विभिन्न व्यक्तिको रिपोर्ट लिँदा चुनाव हार्ने निश्चित देखे । त्यसपछि उनले पार्टीमा एक करोड रुपैयाँ दिए चुनाव लड्न बताए । तर,पार्टीले बढीमा ५० लाख दिन सकिने भन्यो । उनले परिवारमा सल्लाह गर्दा ५० लाखले केही नहुने र दिनानाथसँग पैसा छ भन्ने परेकाले अरु कार्यकर्ता पनि पैसाबिना नखट्ने भन्दै घाटाको चुनाव नलड्न परिवारका सदस्यले पनि सुझाव दिए । उसै पनि दिनानाथले काठमाडौंमा दुई छोरा,छोरी र ज्वाइँसमेतलाई घर घडेरी बन्दोबस्त गरिसकेका छन् । ज्वाइँले लाजिम्पाटमा प्रचण्डलाई चुनौती दिँदै भव्य महल खडा गरिसकेका छन् । परिवार र सबैतिरबाट दबाब आएपछि उनले चुनाव नलड्ने निष्कर्षसहित पोखरामा बिरामी हुने निर्णय गरे,आजको साँघु साप्ताहिकमा खबर छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments