Hindi Films

प्रेम गर्दा गाउँलेले दिए प्रेमी जोडीलाई यस्तो सजाय

Unknown | 04:25 | 0 comments


फोटो :एज‍ेन्सी
प्रेमिकालार्इ घोडा बनार्इ प्रेमीलार्इ चढाइयो
 एजेन्सी : अहिलेको २१ औं शताब्दीको जमानामा पनि प्रेमलार्इ अपराध मान्ने मानसिकता भएका मानिस अझै पनि हाम्रो समाजमा छन् । प्रेमलार्इ अपराध मान्नेहरुको एउटा समूहले एक जोडी प्रेमीलार्इ खुलेआम अपमानित गर्दै दण्डित गरेको छ ।
 
भारतको  गगुजरातस्थित तेजगढको देवलिया गाउँमा एक प्रेमी जोडीले प्रेम गर्दा गाउँलेबाट सजाय पाएका हुन् । गाउँलेहरुले प्रेमी जोडी र उनीहरुका परिवारका साथ अमानवीय व्यबहार गर्दै जरिवाना समेत तिराएर गाउँबाट निकालिदिएका हुन् ।

गाउँमा रहँदै आएका एक युवकसँग ११ कक्षामा पढ्दै गरेकी एक युवतीसँग प्रेम बस्यो । सोही कारण उनीहरु गाउँ छाडेर भागे । तर गाउँबाट भागेका उनीहरुलार्इ  नातेदार र गाउँलेले खोजेर पत्ता लगार्इ पक्रेर गाउँमै ल्याए ।

गाउँमा ल्याएपछि उनीहरुबारेमा गाउँका सरपञ्चसहितका पुरै गाउँले एक ठाउँमा भेला भए । त्यसपछि प्रेम गरेको सजायस्वरुप गाउँलेले युवतीलार्इ घोडा बनार्इ उनीमाथि युवकलार्इ बस्न लगाए ।

युवतीलार्इ घोडा बनार्इ युवालार्इ चढाएर गाउँलेले बिहेको जन्ती निस्कियो । त्यसपछि दुबैको बिहे सम्पन्न गरियो । बिहे गराउने क्रममा गाउँलेले दुबैलार्इ उपहारस्वरुप गोबर र काँडाको माला पहिर्याइदिए ।
दुबैजनामाथि अमानवीय व्यबहार गरेपछि उनीहरुका बाबुआमामाथि पनि गाउँलेले जरिवान तिराए । गाउँलेको भेलाले युवाका बाबुआमाबाट ५ हजार भारतीय रुपैयाँ र युवतीका बाबुआमाबाट १० हजार जरिवाना तिराइयो ।

प्रेमी प्रेमिका र उनीहरुका बाबुआमामाथि अमानवीय ब्यवहार गरेपछि दुबैलार्इ गाउँबाट निकाला गरियो । गाउँका सरपञ्चले उनीहरुलार्इ धम्की दिँदै फेरि गाउँमा देखिएमा दुबैबाट पाँच लाख भारु असुल्ने समेत चेतावनी दिए ।

यो घटनापछि प्रेमी जोडीसँगै उनीहरुका परिवार समेत गाउँ छाडेर भाग्न बाध्य भएका छन् । 


Category:

0 comments