Hindi Films

नाम मिल्दा मृत्युको खबरले दिपकराजलाई हैरानी

Unknown | 04:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ वैशाख ९ गते मंगलबार एकाएक एउटा समाचार केही अनलाइन मिडियामा देखियो, ‘बाइक दुर्घटनामा दिपकराज गिरीको निधन’ । समाचारको यो शिर्षक पढ्दा धेरै जना झस्किए । एक यूवाको निधनको खबरलाई सनसनीपूर्ण हेडलाइन्सले धेरैको ध्यान खिच्यो । यसपछि हाँस्य कलाकार दिपकराज गिरीको मोबाइलमा फोनका घन्टी बज्न थाले । मंगलबारको दिन संझदै दिपकले भने-‘म ‘तितो सत्य’को छायांकनको क्रममा थिए । फोन एकपछि अर्को गरेर बज्न थाल्यो । आफन्तदेखि साथीभाइले फोन उठ्ने वित्तिकै सन्चै हुनुहुन्छ, केही त भएको छैन नि भन्न थाले ।’ मंगलबारको दिनलाई २ सय बर्षकै यताको सवैभन्दा राम्रो दिन भनिएको थियो । दिपकराजलाई लाग्छ, यो राम्रो दिनमा यस्तो खबर आएपछि अब आयू अझै थपिएको छ । उनले फेसबकुमा स्टाटस लेख्दै आफै मरेको खबर सुन्न पाउने थोरै भाग्यमानी व्यक्तिमा म पनि परे लेखेका छन् । उनले आफू जिउँदै रहेको जानकारी दिन चाहन्छु भन्दै लेखेका छन्-‘दिपकराज गिरी नामक व्यक्तिको अवसान भएको हो, तर मेरो होइन । भविष्यमा पनि यस किसिमको सहयोगको अपेक्षा गर्दछु ।’ दिपकले भने-‘समाचारलाई हिमानी शाहले फेसबुकमा शेयर गरिदिनु भएछ, यसपछि त झनै धेरैतिर यो खबर गएछ ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments