Hindi Films

धादिङमा उद्दार भएन पीडित भन्छन्-मर्ने मरिहाले, बाँचेकाको छिटो उद्दार होस् (भिडियो)

Unknown | 04:26 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१४ वैशाख, धादिङ । भुकम्पको केन्द्रविन्दु गोरखाको छिमेकी जिल्ला धादिङका दुर्गम गाउँमा उद्दारमा ढिलाइ भएको छ । घाइतेहरुले छिटो उद्दार गरी औषधि उपचार गरी आफूहरुको ज्यान जोगाइदिन आग्रह गर्दै आएका छन् ।
धादिङका री, मुलपानी, झर्लाङ्दी, मार्पाक लगायतका धेरै गाविस प्रभावित भएका छन् । मूलपानी गाविस ३ बाट सुशील बस्नेतले टेलिफोन गरी आफ्नो परिवारका ४ सदस्यको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको जानकारी दिए । वरपरका एक सयभन्दा धेरै घर भत्किएकाले अरु धेरैको मृत्यु भएको हुनसक्ने उनले बताए । पीडित भन्छन्-मर्ने मरिहाले बाँचेकाको छिटो उद्दार होस् ९८१८४४२३८१ नम्बरबाट अनलाइनखबरमा फोन गरी उनले मुलपानी लगायतका ठाउँमा बिचल्ली भएकाले तत्काल उद्दारका लागि सरकारी निकायलाई भनिदिन आग्रह गरे । ‘खानेकुरा केही नभएर हिँजोदेखि भोकै छौं, मर्ने मरिहाले हामी बाँचेकाको छिटो उद्दार गरिदिन सरकारलाई भनिदिनुपर्‍यो,’ उनले अनलाइनखबरलाई भने । ‘धादिङमा १५० को मृत्यु’ धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार धादिङका हालसम्म १५० जनाको मृत्यु भएको छ । अरु १५० जना गम्भीर घाइते छन् । ३२ जनालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको र ५० जनाको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको घिमिरेले जानकारी दिए । उनले धादिङका दुर्गम क्षेत्रमा हेलिकोप्टरबाट उद्धारको काम भैरहेको जानकारी दिए । ‘शनिबार राति अबेरसम्म पानी परिरहेकाले दुर्गम क्षेत्रमा गाडी जान नसक्दा समस्या भयो, हेलिकोप्टरमार्फत् उद्धारको काम गर्दैछौं,’ घिमिरेले अनलाइनखबरलाई भने । धादिङका जमीन ठाउँ ठाउँमा फाटेका छन् । तर पृथ्वी राजमार्गमा भने क्षति भएको छैन । भुकम्प आउँदा पहिरो झरेर बाटो अबरुद्ध भएका स्थानमा डोजर प्रयोग गरी बाटो खुलाइएको छ । - See more at: http://www.onlinekhabar.com/2015/04/270662/#sthash.uev8JHnC.dpuf
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments