रामदेवलाई ताली, वामदेवलाई गाली
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१४ वैशाख, काठमाडौं । राजधानीका विभिन्न स्थानमा पाल टाँगेर बसेका भूकम्प पीडितले सरकारबाट राहत पाउन नसकेको गुनासो गरेका छन् । खुल्लामञ्चमा भेटिएका केहीले भधारतीय योग गुरु रामदेवको प्रशंशा गर्दै आफ्नो देशका गृहमन्त्री वामदेव गौतमलाई गाली गरेका छन् ।
सरकारले अत्यावश्यक पानीसम्म उपलब्ध नगराएको पीडितहरुको भनाइ छ । टुँडीखेलमा पालमुनि बसेर तास खेलिरहेको अवस्थामा भेटिएका रामेछापका एक हुल युवाले योगी रामदेवको तारिफ गर्दैै गृहमन्त्री वामदेव गौतमलाई गाली गर्दै थिए ।
योग सिकाउन काठमाडौं आएका रामदेवले टुँडिखेलमा खाना खुवाउने काम गरेको उनीहरुले भने पनि त्यहाँ रामदेव थिएनन् । ‘बरु हामीलाई रामदेवले राहत दिइरहेका छन्’ तास खेल्दै केशव शर्माले भने- ‘बामदेवबाट केही रात पाउन सकेका छैनौं ।’
रामदेवको आग्रहमा टुँडिखेलमा चिउरा, चाउचाउ, पानी, भात खुवाउँदै आएको पतञ्जली गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । पतञ्जलीकै आग्रहमा विभिन्न संघ-संस्थाले भात तथा अन्य खानेकुरा खुवाउँदै आएको उनको भनाइ थियो ।
सरकारले टेन्ट, खानेपानी, चिउरा बिस्कुट बाँडेको बताउँदै आए पनि पीडीतहरुले भने नपाएको गुनासो गरिरहेको भेटियो । शिविरहरुमा खानेपानीको समेत अभाव भएको उनीहरुको भनाइ छ ।
बुद्धनगर खोलाको किनारमा बसेकी मनमाया परिवारले एउटा टेन्टसम्म पाउन सके आरामसँग निदाउन सकिने बताउँदै थिइन् । टेन्ट नहुँदा पानीमा रुझ्दै बस्नुपरेको उनको भनाइ थियो ।
यहाँ टेन्टमात्र होइन, खानेपानी समेत वितरण नगरिएको पीडितले बताए । ‘बरु हामीलाई नेपाल टेलिकम र एनसेलले राहत दिँदा निःशुल्क कुरा गर्न पाइरहेका छौं, सरकारले सामान्य पानी र टेन्टसम्म दिएको छैन’ कान्छा तामाङले भने- ‘हामीलाई टेन्ट र पानी ल्याइदिने वातावरण बनाइदिनुस् ।’
बुद्धनगरमा पालमुनि बसेका हुम्लाकी विष्णु रावल, बिराटनगरकी शिखा ढकाल, पाल्पाका शिव नेपाल लगायतको पनि एउटै गुनासो थियो, सरकारबाट राहत पाइँन ।
रंगशाला, युएनपार्क, बानेश्वर, रंगशाला लगायतका प्रमुख क्षेत्रमा बसेका पिडीले पनि राहत पाउन नसकेको बताए । यसले दुर्गम क्षेत्रमा सरकारी राहत पुग्न नसकेको स्प्ष्ट गराउँछ ।
विभिन्न संघसंस्थाहरु पनि शिविरमा बसेका पीडितलाई खाना खुवाउन जुटिरहेका छन् । चौधरी ग्रुप, मारवाडी सेवा समाजले पनि शिविर परिवर्तन गर्दै खाना खुवाउँदै हिँडिरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटीले पाल बाँडिरहे पनि धेरै पीडितले पाउन सकेका छैनन् । रंगशालामा रहेका पीडितहरुलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले व्यवस्थापन गर्दै आएको छ ।
प्रमुख सेनानी महेश कार्कीले पीडितलाई चिया नास्ता खुवाउने र उनीहरुको स्वास्थ्य परीक्षण गर्ने काम गर्दै आएको बताए । रंगशालामा रेडक्रस लगायतबाट पाल पाए पनि सेनाले शिविर खडा गरिदिएको उनको भनाइ थियो । यहाँ पनि सरकारले पानीबाहेक अन्य राहत वितरण गरेको छैन ।
रामदेवले शिविर सञ्चालन गर्न ल्याएको ग्राउन सिट पीडितलाई वितरण गर्ने तयारीमा रहेको बताइएको छ । लाखौं रुपैयाँ पर्ने सिटले पीडितलाई थोरै भए पनि राहत दिने विश्वासमा पतञ्जली रहेको छ ।
समाचारसंग सम्बिन्धीत भिडियोका लागि तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments