Hindi Films

गोर्खाको १० गाविसमा उद्धार टोली पुग्नै सकेन, मृतकको संख्या २२३ पुग्यो

Unknown | 07:18 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गोरखा, वैशाख १४ - बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्पले ठुलो धनजनको क्षति भएको आंशकका गरिएका गाविसहरुमा उद्धार टोली पुग्न सकेको छैन । उद्धारमा ढिलाई र भौगोलिक विकटताका कारण उद्धार टोली पुग्न नसकेको हो । ती ठाँउमा मृतकको संख्या बढी रहेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए । 'भयावहक स्थित भएका ठाँउमा उद्धार हुन सकेको छैन', उनले भने, 'ती गाविसमा थुप्रै लाशहरु र घाईते रहेको खबर आएको छ ।' बारपाक सँग सिमाना जोडिएका लाप्राक, घ्याल्चोक, सिम्जुङ, गुम्दा, केरौंजा, मान्वु, स्वाँरा, लापु, सौरपानी, काशीगाँउ गाविसमा उद्धार कार्य हुन नसकेको हो । लाप्राकमा उद्धारका लागि गएको भारतिय बायु सेनाको हेलिकप्टर अवतरण गर्न नसकेर राजधानी फर्केको छ । बारपाकबाट एक सय जना घाईतेको उद्धार गरिएको थियो । १२ सय घरधुरी रहेको त्यहाँ अधिकांश घर भत्केका छन् । कालो कुहिरो लागेको र बषर्ातका कारण मौसम विगि्रएकाले हेलिकप्टरबाट उद्धारमा असहज भएको भैरवी दलका गणपति प्रेमबहादुर थापाले बताए । हिडेर उद्धार टोली पुग्न असम्भव भएका कारण हेलिकप्टर उडाउने प्रयास भई रहेको उनले बताए । पहिरोले बाटो भत्किएकाले पैदलबाट उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न नसकेको हो । उद्धारमा भएको ढिलाई प्रति सभासद कमला पन्त र हितराज पाण्डेले पनि असन्तुष्टि जनाएका छन् । 'पिडितहरुलाई उद्धार र राहत दिन राज्यको उपस्थिति नै हुन सकेन,' पन्तले भनिन् । ती गाविसमा सयौं मानिस घाईते र मृत्यु भएको अनुमान गरिएको छ । जिल्लाको दुई नगरपालिका र ६० वटै गाविसमा भुकम्पको असर देखिएको छ । मृतकको संख्या २२३ पुगि सकेको छ । तीन सय भन्दा बढी घाईतेको उपचार गरिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments