Hindi Films

उद्दारमा सबैभन्दा सक्रिय नेपाली सेना

Unknown | 04:09 | 0 comments

 April 25, 2015 
helicopterकाठमाडौं, वैशाख १२ – विनाशकारी भुकम्पले ल्याएको विपत्तिमा परेकाहरुको उद्दार कार्यमा नेपाली सेना सबैभन्दा बढी सक्रिय भएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र अन्य विभिन्न संघसंस्थाहरु पनि सक्रिय रहेका छन् तर, अधिक सक्रियता भने नेपाली सेनाले देखाएको छ ।
अहिलेसम्मको सबैभन्दा धेरै क्षति भएको स्थान मानिने धरहरा, बसन्तपुर र असन क्षेत्रमा नेपाली सेनाले ठूलो संख्यामा विपद व्यवस्थापन टोली खटाएको छ ।h
हेलिकप्टर र एम्वुलेन्ससहित उद्दार कार्यमा जुटिरहेको नेपाली सेनाले आफ्नो डोजर प्रयोग गरेर धरहरा आसपासमाा पुरिएका शवहरु निकालिरहेको छ ।
सेनाले घाइतेहरुलाई अस्पताल पु¥याउने कार्यमा पनि उत्तिकै सक्रियता देखाएको छ । धरहरा क्षेत्रमा उद्दार कार्यमा सक्रिय एक सैन्य अधिकारीले रातापाटीसँग भने ‘हामीसँग भएको सबै साधन स्रोत प्रयोग गरेर उद्दार कार्यमा कुनै कसर बाँकी नराखिकन खटिरहेका छौं, आदेश पनि त्यस्तै आएको छ ।’IMG_5669IMG_5738dharara (7)


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments