दर्जनौ हाताहात, पुराना घर भवनहरू भत्किए,अहिलेसम्म ८ वटा भुकम्प गइसकेको छ।
![]() |

काठमाडौंको सुन्धारामा अवस्थित ऐतिहासिक भिमसेन स्तम्भ धरहरा ध्वस्त हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको आशंका छ यस्तै सयौंको उद्दार गरिएको छ ।
भक्तपूर दरबार स्क्वायार क्षेत्रमा पनि कम्तिमा ५ जनाको मृत्यु भएको पुष्टि भक्तपुर प्रहरीले जनाएको छ।
त्यस्तै रसुवामा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ। नुवाकोटमा ६ रामेछापमा ७ सुनसरीमा ४, ओखल ढुंगामा ४ तथा सोलुखुम्बुमा ४ जना तथा पोखरामा २ जनाको मृत्यु भएको पुष्टि भएको छ

राजधानीसहित मुलुकभर गएको भुकम्पले ठूलो क्षति पुगेको छ। अहिलेसम्म ८ वटा भुकम्प गइसकेको छ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ५६ मिनेटमा पहिलो पटक गोरखाको जौबारीमा गाविसको सीमामा ७.९ रेक्टर स्केलको भुकम्प गयो। यस्तै दोस्रोपटक १२ बजेर २२ मिनेटमा सिन्धुपाल्चोकको सुनखानी र धमपाखर गाविसको सीमामा ५.१ रेक्टर स्केल, यस्तै १२ बजेर ३० मिनेटमा गोर्खा जिल्लाको लापु गाविसलाई केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको गएको छ।
१२ ४१ सिन्धुपाल्चोकक थम्पलधाप५५
१२ ५३ मिनेटमा सिन्धुपाल्चोकको तौथलीमा ५ रेक्टर स्केलको भुकम्प गएको छ। यस्तै १२ बजेर ५८ मिनेटमा काभ्रेको बल्थली केन्द्र बिन्दु बनाएर ४.८ रेक्टर स्केलको भुकम्प गएको छ। यसैगरी १ बजेर ३२ मा सिन्धुपाल्चोकको धुपाचौर केन्द्रबिन्दु बनाएर ५रेक्टर स्केलको गएको छ।
अहिलेसम्म भएको क्षति
सुनसरीमा चार जनाको मृत्यु
सोलुखुम्बुमा २ जना
ओखलढुंगामा ४ जना
हेटौडामा २ जना
पोखरामा २ जनाको ज्यान गइसकेको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments