Hindi Films

रणवीर र कटरिनाको विवाहको तय ? रणविरको परिवारसँग कटरिनाको डिनर

Unknown | 13:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बाई, चैत ३० – भारतीय मिडियामा वलिवुडका दुई स्टार रणवीर कपुर र कटरिना कैफबीचको प्रेम सम्बन्धबारे विभिन्न समाचारहरु आउने गरेका छन् । कहिले दुवैसँगै बस्न थालेको त कहिले रणविरका परिवार कटरिनासँग खुसी नरहेको । केही समय अगाडि मात्र कटरिनालाई रणविरको परिवारले नरुचाएको खबरले मिडिया निकै तताएको थियो । तर, शनिबार राती कटरिना र रणविरलाई मुम्बाईस्थित चाइना रेस्टुरेन्टमा रणविरका परिवारका सदस्यहरुसँग देखिएको थियो । सबैभन्दा रोचक कुरा त त्यहाँ रणविरकी आमा नीतू कपुर, रणधीर कपुर, बहिनी आदर जैन र शायरा कपुर लगायत पनि सहभागी थिए । उक्त डिनरमा रणविर र कटरिनाको विवाहको तारिख तय भएको अनुमान समेत लगाउन थालिएको छ । यद्यपि, भारतीय मिडियाका अनुसार अझै यसको औपचारिक पुष्टि भएको छैन । कटरिना र रणविरले चाँडै विवाह गर्ने कुरा भने यसअघि नै आइसकेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments