Hindi Films

विमानस्थल आइपुगेको विदेशी राहत टोली अलपत्र, सरकार भन्छ- जो पायो त्यही नआउनोस्

Unknown | 04:13 | 0 comments


२०७२ वैशाख १४ गते   
TIA (2)
१४ वैशाख, काठमाडौं । नेपालमा भूकम्प गएको सुनेपछि राहत लिएर काठमाडौं विमानस्थलमा आइपुगेको विदेशी टोली एयरपोर्टमै अलपत्र परेको छ ।
राहत लिएर कुन ठाउँमा जाने र कसरी राहत वितरण गर्ने भन्ने व्यवस्थापन नहाँदा विदेशी टोली र राहत सामाग्री अलपत्र परेको हो ।
फ्रान्सबाट एएटा टोली कुकुरसमेत लिएर काठमाडौं आइपुगेको छ । त्यस्तै जापानबाट पनि राहत सामाग्री लिएर टोली काठमाडौं आइपुगेको छ ।
नेपाल सरकारले उचित व्यवस्थापन नगरेका कारण विदेशी टोली अलपत्र परेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञचारमन्त्री मिनेन्द्र रिजालले सोमबार बिहान मिडियालाई दिएको प्रतिक्रियामा कुन देशको टोलीलाई कुन जिल्लामा खटाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको दाबी गरेका थिए ।
तर, दिउँसो मुख्य सचिवको नेतृत्वमा बसेको मन्त्रालयका सचिवहरुको बैठकले विदेशी सहायता विशेष प्राविधिक क्षेत्रमा मात्रै ग्रहण गर्ने भन्दै भीड नबढाइदिन विदेशीसँग आग्रह गरेको छ ।TIA (3)
सरकारले भग्नावशेषमा पुरिएकाहरुलाई निकाल्न र हाडजोर्नी एवं नशासम्बन्धी सर्जिकल डाक्टरबाहेक अन्य टोली नपठाउन आग्रह गरेको मुख्यसचिव लीलामणि पौडेलले जानकारी दिएका छन् ।
विदेशीहरुको भीड बढ्दा उनीहरुको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको पौडेलले स्वीकार गरे । यसबारे छलफल गर्न परराष्ट्र मन्त्रालयले नेपालमा रहेका कूटनीतिक नियोगसँग छलफल गर्ने भएको छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments