Hindi Films

आजको राशिफल:वि.सं.२०७१ साल चैत २९ गते। आइतबार। इश्वी सन् २०१५ अप्रिल १२ तारिख।

Unknown | 09:29 | 0 comments


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesदाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। तर, परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा पनि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। मध्याह्नपछि प्रशस्त लाभ मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा प्रशस्त फाइदा हुने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा प्रशस्त लाभ हुनेछ। तर, खर्च पनि तत्काल गर्नुपर्ला। यात्रामा केही समस्या आउलान्। केही बाध्यताका काममा जुट्नुपर्ला। असमझदारीका बीच पनि पारिवारिक सद्भाव कायम हुनेछ। सरसापटमा खर्चनुपर्ला। आतिथ्यपूर्ण सम्मान पाइनेछ। अरूको आदरभावप्रति भने शंका जाग्ने समय छ।
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiधेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि बाधा हुन सक्छ। व्यापार व्यवसायमा सामान्य मात्र फाइदा उठाउन सकिएला। काममा पनि अवरोध आउन सक्छ। स्वास्थ्यका लागि खानपान सजगता अपनाउनुपर्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोग लि“दा फाइदा उठाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्।
 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। तर, भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।
 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornछर–छिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। केही चुनौती पनि आइलाग्न सक्छन्। होसियारीसाथ काम लिनुपर्ला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius काममा केही चुनौती देखिनेछन्। तापनि, सहयोगीहरूले काममा सहयोग जुटाउन तत्परता देखाउनेछन्। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको वस्तु लाभ हुने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा बाधा, अनायास क्षति जस्ता समस्याले पनि सताउलान्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूको साथ दिए पनि आजको काम अधुरै रहनेछ।


Category:

0 comments