नायिका नै तस्करीमा लागेपछि पक्राउ ....
![]() |
एजेन्सी । भारतको साउथ स्टार नीतु अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । तेलंगु फिल्मकी स्टार नायिका नीतुले अबैध रक्तचन्दन तस्करीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
उनलाई हैदराबदस्थित उनकै घरबाट पक्राउ गरिएको हो । उनी पक्राउ परेपछि शुक्रबार राति प्रहरीले उनको घरमा छापा मारेको थियो ।
केही दिन पहिले उनको साथी मस्तान वलीलाई समेत रक्तचन्दन तस्करीको आरोपमा पक्राउ गरिएको थियो ।
अग्रवालले प्रेमा प्रणायम जस्तो चर्चित फिल्महरुमा अभिनय गरेकी थिइन् । उनले साथीहरुसँग मिलेर रक्तचन्दन तस्कर गरेको अभियोगमा मुद्दा चलाइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips
0 comments