" जिउँदा शहिदको मृत्यु, डा गोविन्द केसीलाई स्वाइन फ्लु"
![]() |
गोकर्ण अधिकारी-सपना संस्मरण
लोकतन्त्र दिवस थियो हिजो शुक्रबार । तर दुखको कुरा उनै जनआन्दोलनका जिउँदा शहिद मुकेश कायस्थको अकस्मातको मृत्यु र ज्यान बाजी थापेर जाजरकोटका दिनदुखी जनको सेवागर्न गएका अभियन्ता गोविन्द केसी आफैं स्वाइन फ्लुको शिकार भएर आकस्मीक रुपमा काठमाडौं ल्याईयो ।
लोकतन्त्रलाई दुत्कार्ने तर त्यसको ब्याजको समेत स्याज नछोडी खाइरहेको माओवादी र त्यसका एक बुद्धिजिवि नेता डा. बाबुराम भट्टराईले भारतबाट आएका एक योगिसँगको फोटो फेसबुकमा पोष्टेपछि उनका केही पोष्टहरु पढें । जति उत्साहमा उनि ति जोगीसँग फोटोमा देखियो त्यस्तो उत्साहका शब्द समेत उनले कतै लोकतन्त्रका नाममा खर्चेको पाइन । त्यसपछि बल्झेको मन छट्पटाहटका बिच निदायो ।लोकतन्त्र दिवस थियो हिजो शुक्रबार । तर दुखको कुरा उनै जनआन्दोलनका जिउँदा शहिद मुकेश कायस्थको अकस्मातको मृत्यु र ज्यान बाजी थापेर जाजरकोटका दिनदुखी जनको सेवागर्न गएका अभियन्ता गोविन्द केसी आफैं स्वाइन फ्लुको शिकार भएर आकस्मीक रुपमा काठमाडौं ल्याईयो ।
तर अकस्मात म ब्युँझदा एउटा ठुलो कोलाहल मच्चियो भित्रभित्रै । कारण थियो देशको लागि मरेर बाँचेका मुकेश मृत्युको शोक र आफु मरेर दिनहिन जन बचाउन लडेका डा. गोविन्द केसीको मृत्यु शैइ्या छटपटाहट । सपनामै सहि यती छटपटी दियो कि यसले मैंले रा.. छोरा नेताहरु कसैलाई सराप्न बाँकी राखिन । जसले गर्दा म सपनामा समेत सताईए । सायद यतिखेर आफुलाई हरिकंगाल भएको बताउने गुप्त करोडपती कोइराला वाङडोङमा ब्रेकफास्ट खाँदै होलान् लोकतन्त्र दिवसको सेलिब्रेसनमा ।
आफ्नै ज्यान जमानीमा परिसक्दा समेत सत्ताकै दुनो सोझ्याएर उखान टुक्का जोडेर उछित्तो काडिरहेका ओली कामरेड यसैपनि आधा अशक्त विछ्यौनामा आजका लागि ब्यंग्यवाणी रचना गर्दै होलान् ।
सत्ताको स्वादमा लालायित प्रचण्ड गुड फ्राइडेको सोमरस ह्याङ ओभरले नछाड्दा अझै विस्तारामै बिश्राम गर्दै तराई तताएर जनजाती उचाल्दै भित्ते सपना पुरा गर्ने ध्याउन्नमै हुनुपर्छ ।
तर कर्मले कलम चलाएर जिविकापार्जन गर्ने म सपनाको छटपटाहटले विछिप्त छु । न मैले मुकेशको नाम भजेर भत्ता खाएँ न त गोविन्द केसीको सपनालाई स्वार्थको मुद्दा बनाएँ । वित्थामा बबुरो म यि पात्रको सपनाले सताईरहँदा सपनाको ब्यापार गरेर मलाई सपनाले पनि सताउने बनाउनेहरु किन अझै ठिंग देखिरहेछु मँ ।
रामनाथलाई लैजाने त्यो कालले छिन्ताङ काण्ड र पञ्चायती ब्यापारले उभोँ लागेकालाई लैजाँदा लोकतन्त्रको ब्यापार गर्ने बृद्ध बालकलाई किन लैजाँदैन । डेढ सयको औषधि नपाएर मरिरहेका जाजरकोटे जनलाई लैजाने हे निस्ठुरी काल सपनामै भएपनि यि मुठ्ठे जुँगे र व्यंग्य मास्टरहरुलाई लगेर मुकेश र केसीको आयु थपि देन है !
topnepalnews बाट
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments