,पारस अस्पताल,ज्ञानेन्द्र दिल्लीतर्फ
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं,चैत २८ – पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित शुक्रबार भारतको नयाँदिल्ली गएका छन् । बेलुकी पौने पाँच बजे उडेका उनले नातिनी पूर्णिका र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई पनि सँगै लगेका छन् ।
नयाँदिल्लीमा पूर्वराजाले उच्चस्तरीय भेटवार्ताका साथै पत्नी कोमलको स्वास्थ्योपचार गराउनेछन् । दरबार हत्याकाण्डका वेला कोमलको शरीरमा लागेको छर्रा शल्यक्रिया गरेर निकालिनेछ ।
यता,थाइल्यान्डबाट फर्केलगत्तै मठमन्दिरमा पूजापाठमा सक्रिय भएका पूर्वयुवराज पारस शाह अहिले अस्पताल धाइरहेका छन् । नर्भिक अस्पतालका डाक्टरले तीन दिनदेखि उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावत र स्नायुरोग विशेषज्ञ डा. पंकज जलानको टोलीले उनको स्वास्थ्य परीक्षण गरिरहेको छ । स्रोतका अनुसार स्वास्थ्य परीक्षणका लागि पारस बुधबार बिहान पौने ६ बजे नै सहयोगीका साथ नर्भिक अस्पताल पुगेका थिए । बिहीबार र शुक्रबार भने उनी बेलुका ५ बजे अस्पताल गएका थिए । परीक्षणका क्रममा उनी डेढदेखि २ घन्टा बस्ने गरेका छन् । अस्पतालमा पारसको मुटु र मस्तिस्कको विशेष परीक्षण गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments