Hindi Films

ट्‍युसन पढ्न गएकी छात्रा शिक्षकबाटै बलात्कृत

Unknown | 03:15 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ बैशाख ९ बुधवार
जनकपुरधाम: ट्‍युसन पढ्न गएकी छात्रालाई शिक्षकले नै बलात्कार गरेका छन्। जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा लक्ष्मेश्वर तिवारीको घरमा बुवाआमासँग भाडामा बस्दै आएकी १० वर्षीया उनकै शिक्षकबाट बलात्कृत भएकी हुन्। बालिकालाई लक्ष्मेश्वरकै छोरा २० वर्षीय दिपेन्द्र तिवारीले बलात्कार गरेको पिडित परिवारले प्रहरीलाई जानकारी गराएको हो। मंगलबार साँझ दिपेन्द्रसंग ट्युशन पढ्न गएकी बालिकालाई उनले कोठाभित्र थुनेर जबरजस्ती बलात्कार गरेका थिए। दिपेन्द्रका बुवा आमा घरमा नभएको बेला उनले बालिकालाई आफ्नो कोठामा थुनेर पटक पटक बलात्कार गरेका थिए। अबेरसम्म छोरी पढेर नआउँदा शंका लागेर पिडितका अभिभावकहरु दिपेन्द्रको कोठामा खोज्न जाँदा छोरी बलात्कृत भएको थाहा पाएका थिए। पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि बलात्कारी दीपेन्द्रलाई पक्राउ गरेको प्रहरी निरिक्षक भगीरथ रेग्मीले बताए। उनका अनुसार पक्राउ परेका दिपेन्द्रले आफ्नो गल्ती स्वीकारे गरेका छन्। यता, अचेत अवस्थामा रहेकी पीडित बालिकाको उपचार जनकपुर अञ्‍चल अस्पतालमा भईरहेको छ। पीडित बालिका छिन छिनमा डराउने र रुने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। बालिका बलात्कार गर्ने दिपेन्द्रमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अगाडी बढाईएको निरीक्षक रेग्मीले जानकारी दिए। यता, बुधबार विहानै देखि युवा तथा नागरिक समाजका अगुवाहरुले बलात्कारीलाई कडा कार्वाहीको मांग गर्दै प्रर्दशन गरिरहेका छन्। बालिका बलात्कार गर्नेलाई सार्वजनिक रुपमा सजाय दिनुपर्ने र उनको सम्पत्तिबाट आधा सम्पत्ति पीडित बालिकालाई दिनुपर्ने माग गर्दै युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेशन समेत बुझाएका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments