धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धादिङ/काठमाडौं, वैशाख ९ - धादिङको नौविसेमा आज विहान भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । भारतीय तीर्थयात्री बोकेको जीजे १४ एक्स ९९०० भारतीय बस नौबिसेको ओरालोमा दुर्घटनाग्रस्त भएको थियो ।
मृतकमध्ये ८ महिला र ९ पुरुष रहेको काठमाडौं महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताए । १५ को घटनास्थल र २ जनाको काठमाडौं उपचार ल्याउने क्रममा निधन भएको हो ।
दुर्घटनामा घाइते २८ को काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, बयोधा अस्पताल, सहिद मेमोरियल अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त बस दुई टुक्रा भएको छ । बस बुधबार विहान पौने सात बजे सडकबाट २ सय मिटर तल खसेको हो ।
पशुपति दर्शन गरेर फर्किएका सबै यात्रु भारत गुजरात हुन्का । बसमा ४५ जना सवार थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments