उनले भग्नावशेषका सबै प्वालबाट चिहाउन थाले, छोरा, छोरी र पत्नीलाई, पत्नीलाई कपडाले नै चिने उनले, त्यसपछि उनी होसमा आउनै सकेनन्।
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यही वैशाखमा दुई वर्ष भयो डेरा सारेको उनले। गोंगबुमा महिनौं खोज्दा पनि डेरा नपाएपछि सुरिलो पाँचतले घरको भुइँतलामा डेरा सरेका थिए, टुकबहादुर सुनार।
पछिल्लो समय काठमाडौंमा डेरा पाउन सहज छैन। त्यही भएर डर लाग्दालाग्दै पनि उनी साढे तीन आनामा बनेको पाँचतले घरको भुइँतलामा डेरा सरेका थिए। 'सानो परिवार सुखी परिवार' थियो उनको- पत्नी, एक छोरा र एक छोरी।
नेपाली समाजमा एक छोरा र एक छोरीलाई जैविक रूपमा मात्रै होइन सामाजिक र सांस्कृतिक रूपमा पनि खुसी र सुखी परिवार मानिन्छ। तर उनको यो खुसी ५६ सेकेन्डमै खोस्यो शनिबारको महाभूकम्पले, आजको अन्नपूर्णमा खबर छ।
न्युरोडको बाराही ज्वेलर्समा काम गर्दै आएका उनी शनिबार बिदा भए पनि विवाहको लगनको कामले कारखाना गएका थिए। कारखाना पुगेर काममात्रै के थालेका थिए उनले भूकम्पले देशै हल्लायो।
भूकम्प रोकिन नपाउँदै सबैभन्दा पहिला पत्नीको मोबाइलमा फोन गरे उनले। तर प्यारी पत्नीको स्वर सुन्न आतुर टुकबहादुरले 'तपार्इंले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन कृपया केही समयपछि पुन: प्रयास गर्नुहोला' भन्ने आवाजमात्र सुने। टेलिकमले भनेजस्तै धेरैपटक उनले पुन: प्रयास गरे। तर पत्नीको आवाज उनले सुन्न पाएनन्।
फोन नलागेपछि उनी हतारहतार न्युरोडबाट हिँडेर डेरामा गए। जब डेरा भएको घरको हालत देखे, उनी सडकमै लडे। 'शनिबारदेखि आजमात्रै मैले होस पाएको छु', तीनदिने काजकिरिया गर्न तयार भएर बसेका टुकबहादुरले शुक्रबार भने, 'मेरो पीडा र मैले भोगेको दु:ख व्यक्त गर्ने कुनै शब्द नै छैन, म को हुँ, के गर्दै छु, के भएँ अझै पनि सपनाजस्तै लागिरहेको छ, अझैसम्म पताउनै सकेको छैन त्यो घटना।'
त्यो पाँचतले घर पूरै ध्वस्त छ। तर पनि उनले विश्वास गरेका छैनन्, ६ वर्षको छोरा निश्चल, १४ वर्षीया छोरी नेहा र ३५ वर्षीया पत्नी शर्मिला त्यही घरमा थिचिएका छन् भनेर।
'बाहिर कतै गएका छन्, आउलान् कि भनेर दायाँबायाँ धेरैपटक हेरें', उनले भने, 'तर कोही आएनन्, कहिल्यै नआउने गरी
गएँ, मलाईमात्रै किन बचाएका होलान्।'
ध्वस्त घरको भुइँतलामा डेरा भएकाले उनले भग्नावशेषका सबै प्वालबाट चिहाउन थाले, छोरा, छोरी र पत्नीलाई। पत्नीलाई कपडाले नै चिने उनले। त्यसपछि उनी होसमा आउनै सकेनन्।
उनको सानो परिवारका साथै मामा घर आएका भान्जा दीपेन्द्र र भतिजा प्रकाश पनि सोही घरमा थिचिएका थिए। उनीहरू पनि कहिल्यै नफर्कने गरी गए।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments