Hindi Films

यस्तो भईरहेको छ यहाँ ! राहत आएको चामल, एक राइस मिलको गोदामबाट बरामद

Unknown | 05:15 | 0 comments


२०७२ वैशाख २० गते 
Bhairahwa-Rahat-Baramad
सलमान खान
२० बैशाख, भैरहवा । नेपालका भूकम्प पीडितका लागि भारतबाट ल्याइएको राहत सामाग्री भैरहवाको एउटा राइस मिलबाट बरामद भएको छ ।
भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा आएको सो राहत सामाग्री सिद्दार्थ नगरपालिका ४ मा रहेको आचार्य राइस मिलबाट बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त राइस मिल हिन्दु स्वयमसेवक संघ नेपालका सञ्चालक हेम शर्माको हो ।
गोदाममा फेला परेको राहत सामग्री
गोदाममा फेला परेको राहत सामग्री
बरामद गरिएको सामानमा ५० क्विन्टल चना, एक सय कार्टुन बिस्कुट, तीन क्विन्टल चिया पत्ति, २० कार्टुन फ्रुटी, १० झोला दूध, एक सय थान कम्मल र टेन्ट बनाउन प्रयोग गरिने १५ थान ठूला पाल रहेको रुपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिए ।
मिलका सञ्चालक शर्माले भने गाडी चालकले राहत लैजान नसक्ने बताएपछि आफ्नो गोदाममा थन्क्याइएको बताएका छन् । राहत सामाग्री गाडीबाट झिकेर गोदाममा थन्क्याई चाबी लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
राहत लुकाएको थाहा पाएपछि घटनास्थलमा जम्मा भएका स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् ।
Indian-Rahat-Baramad-from-B
Rahat-Baramad-From-Bhairaha
Bhairahawa-Police


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments