पूर्वप्रधानमन्त्री माधव नेपाललार्इ पितृशोक
|
२०७२ जेष्ठ ५ मंगलवार काठमाडौं :एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललार्इ पितृशोक परेको छ। उनका पिता मंगलप्रसाद उपाध्यायको ९९ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंको कोटेश्वरस्थित निवासमा निधन भएको हो।
उपाध्यायको बिहान ७ बजेर ५ मिनेटमा निधन भएको हो। बि.सं. १९७३ असोज २५ गते जन्मिएका उपाध्यायलार्इ केही समयदेखि घाँटीको संक्रमण देखिएको थियो ।
उपाध्यायका तीन छोरा माधवकुमार नेपाल, विनोदकुमार उपाध्याय र सरोज उपाध्याय छन् । त्यसैगरी तीन छोरीहरु कालिका भण्डारी, इन्दिरा न्यौपाने र बसुधा पोखरेल रहेका छन् । उपाध्यायका १२ नातिनातिनी र ९ पनातिपनातिनी छन् ।
संस्कृत साहित्यमा व्याकरणाचार्य गरेका उपाध्यायका संस्कृत वाङ्मयका एक दर्जन पुस्तक प्रकाशित छन् । रौतहटमा शिक्षासेवीका रुपमा सम्मानित उपाध्यायले गरेको घोषणा अनुरुप मंगलबारै नेपाल आँखा अस्पताललाई आँखा दान गरिएको छ ।
उपाध्यायको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । उपाध्यायको निधनपछि कोटेश्वरस्थित निवासमा एमाले नेता तथा कार्यकर्कता पुगेका छन्।
|
Category: News
0 comments