बलात्कारपछि ४२ वर्ष कोमामा रहेकी नर्सको निधन
|
फोटो :एजेन्सी
| २०७२ जेष्ठ ४ सोमबार, एजेन्सी : बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी एक नर्सको सोमबार निधन भएको छ ।
मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलार्इ तीनदिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
भारतीय सञचारमाध्यमले जनाएअनुसर शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै सोमबार बिहानै उनको निधन भएको हो । शानबागको निधनपछि मुम्बईको केईएम अस्पताल शोकमय भएको छ । अरूणा शानबाग यसै अस्पतालमा नर्सकारुपमा कार्यरत रहँदा बलात्कारको शिकार भएकी थिइन् ।
४२ वर्षअघि नर्स अरुणा शानबागलार्इ सोही अस्पतालका वार्ड ब्वार्इले आक्रमण गरी सांग्लोले बाँधेर बलात्कार गरेका थिए । त्यसपछि उनी अपांग बनिन् र बोल्न नसक्ने भइन् र अस्पतालमा भर्ना गरियो । अस्पतालमा भर्ना गरिएपछि उनको अवस्था झनै बिग्रियो ।
शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले यसअघि उच्च अदालतमा निवेदनपत्र दर्ता गरेर शानबागको इच्छा मृत्युको माग गरेकी थिइन् तर अदालतले उनको माग खारेज गरिदिएको थियो ।
अरुणालार्इ २३ नोभेम्बर १९७३ देखि केईएम अस्पतालमा भर्ना गरिएको थियो । पिङ्की विरानीले अरुणाको जीवनी लेखेकी हुन् । उनले उच्च अदालतमा अपिल दर्ता गर्दै अरुणाको स्थितिलार्इ देखेर उनलार्इ मर्ने अनुमति दिन माग गरेकी थिइन् ।

Category: News
0 comments