Hindi Films

अमेरिकी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिकको शव काठमाडौं ल्याइयो

Unknown | 05:42 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आइतबार ३ जेष्ठ, २०७२
काठडमाडौं- भूकम्प पीडितको उद्धारमा गएको अमेरिकी हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका सैनिकको शव आइतबार काठमाडौं ल्याइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा शव राखिएको छ। शव पहिचान पछि मृत्यु भएका नेपाली सैनिकहरुको शव त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा पोष्टमार्टम गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ। त्यसैगरी मृत्यु भएका अमेरिकी सैनिकहरुको शव पहिचान पश्चात् अमेरिनक रिक्रियसन सेन्टर लैनचौरमा लगिने छ। हेलिकोप्टर शुक्रबार सिन्धुपाल्चोकको घोर्थली गा.बि.स. वडा नं. ३ मा भेटिएको थियो। दुर्घटनामा नेपाली सेनाका–२ जना र ६ जना अमेरिकन सैनिक सहित ८ जना मृत्यु भएको थियो। दुर्घटनामा दैलेख नारायण नगरपालिका वडा नं. ८ रिन्हाका नेपाली सेनाका सह–सेनानी तपेन्द्र रावल र दार्चुला शिखर गा.वि.स. वडा नं. ३ वरेलका जमदार बसन्त तितराको ज्यान गएको थियो। सोमबार नेपाली सेनाका व्यक्तिहरुको शवलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान दिई अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाले आफन्तलाई बुझाउने छ। प्रधान सेनापति गौरब शम्शेर जबराले भूकम्प पीडितहरुको खोज, उद्धार र राहत कार्यमा खटिँदा मृत्युवरण गरेका नेपाली सेना तथा अमेरिकी सेना प्रती श्रद्धाञ्जली प्रकट गर्दै परिवार प्रती समवेदना व्यक्त गरेका छन्। उनले अमेरिकाले गरेको सहयोग तथा योगदानप्रति आभार समेत प्रकट गरेका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments