Hindi Films

६ घण्टापछि उद्धार गरिएकी १ सय २ वर्षीया वृद्धाले उपचार पाइनन्

Unknown | 09:05 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
01 May 2015
कदमबास (सिन्धुपाल्चोक)-शनिबारको महाभूम्पबाट घाइते कदमबास–२ जितपुरकी १ सय २ वर्षकी भक्तकुमारी गिरीले साता दिन बित्दा पनि उपचार पाएकी छैनन्। घर भत्किएर पुरिएरको अवस्थामा ६ घण्टापछि उद्धार गरिएकी उनको कम्मरमूनिको भाग चल्दैन। सदरमुकाम चौताराबाट झण्डै १५ किमीको दुरीमा उनी छटपटाइ रहेकी छिन्। गाउँलाई धुले सडकले जोडे पनि अहिलेसम्म स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्। शुक्रबार उनको गाउँ पुग्दा भक्तकुमारी भग्नावशेष नजिक बनाइएको बाँसको टहरोमा लडिरहेकी थिइन्। 'उपचार गर्न कोही आएन। उपचार पाए अझै बाँच्थे,' उनले भनिन्। उनका एक्ला छोरा विष्णु ७२ वर्षका बृद्धा छन्। बुढ्यौलीकै कारण उनले आमालाई उपचारमा अन्यत्र लैजान नसकेका हुन्। 'घटनाको दुई दिनपछि आएका सेनाले उपचारमा चौतारा लैजान गाडी पठाउँछु भन्थे, अहिलेसम्म पठाएनन्,' भग्नावशेष घरको ढुंगामाटो पन्छाइरहेका विष्णुले भने। भुकम्पपछि गाउँ रित्तो भएकाले भक्तकुमारीले छिमेकीको पनि सहयोग पाउन सकेकी छैनन्। स्थानीय बादल तामाङका अनुसार गाउँमा भुकम्पबाट ९४ को ज्यान गइसकेको छ। झण्डै ४ सय गाउँले घाइते छन्। मृतकका आफन्त किरियामा बसेको, ठूलो संख्यामा घाइते भएको र उनीहरुको कुरुवामा गाउँले गएकाले गाउँ रित्तो प्रायः भएको हो। महिला र केटाकेटी बासका लागि टहरा बनाउन र पाल टाँग्न व्यस्त छन्। 'यो कस्तो अनिष्ट आइलाग्यो। ९० सालमा पनि यस्तो भोगेकी थिइन्,' १९९० को महाभुकम्प भोगेकी भुक्तभोगी भक्तकुमारीले भनिन्। पछिल्लो महाभुकम्पका दिन उनी घरको छिँडीमा चिया पकाउँदै थिइन्। पिउने तयारी गर्दा गर्दा उनलाई घरले पुर्योप। कान नसुन्ने भएकाले उनले घर हल्लेको मात्र थाहा पाइन, केही सुनिनन्। 'पुरेको मात्र थाहा छ। पुरिएको अवस्थाबाट निकाले पछि होसमा आउँदा जिउँदै रहेछु,' उनले भनिन्। ९० सालको भूईचालोमा उनी १९ वर्षकी थिइन्। उक्त दिन आफू बाख्रा चराइरहेको उनी सम्झिन्छिन्। 'जमिन काम्न थाल्यो। कोक्रोमा खेलेको जस्तो भयो। हामी रमाएका थियौं,' भक्तकुमारी ८२ वर्षअघिको घटना सम्झने प्रयास गर्दै उनी भन्छिन्। दुई महाभुकम्प तुलना गर्दै उनले थपिन्, 'त्यतिबेला घरहरु निकै चर्किएपनि भत्किएका थिएनन्। कतैकतै मान्छे मरेको सुनिन्थो। यो भुकम्पले त महाप्रलय ल्यायो।' कुविण्डेमा जन्मिएकी उनलको त्यसैसाल बिबाह भएको थियो। वैशाख १० गते नदीमा डुबेर ज्यान गुमाएका ३६ वर्षीय पनाती खड्गराज गिरीको काजकिरिया सकेकी घाइते भक्तकुमारी उपचारको पर्खाइमा छिन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments