Hindi Films

नौ दिनपछि तीनजनाको सकुशल उद्दार

Unknown | 06:15 | 0 comments


काठमाडौं, बैशाख २० । महाभूकम्प गएको नौं दिनपछि सिन्धुपाल्चोकमा तीन जनाको सकुशल उद्दार गरिएको छ । सशस्त्र प्रहरीले लगातारको प्रयासपछि स्याउली गाविसको केराबारीबाट तीन जनाको जिवितै उद्दार गरेको हो ।
भूकम्पछि घर भत्किँदा त्यही भित्र फसेका स्थानीय कञ्चन खत्री, धनकुमारी खत्री र ज्ञानकुमारी खत्रीको जिवितै उद्दार गरिएकोहो । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
यसैबीच सशस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्तले अझै पनि केही मानिस जिवितै हुनसक्ने भन्दै जिवितहरुको उद्दारलाई प्राथमिकता दिन निर्देशन दिएको सशस्त्र प्रहरीले जनाएको छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments