Hindi Films

जब उनी बोल्न थालिन्...' • जोखिम मोलेर जीवन बचाउनेहरू

Unknown | 22:17 | 0 comments



जब उनी बोल्न थालिन्...'
• जोखिम मोलेर जीवन बचाउनेहरू
 
काठमाडौ, वैशाख १९ - आभुषण तिम्सिना (डीएसपी), शालिग्राम शर्मा (डीएसपी), ढकेन्द्र खतिवडा (इन्स्पेक्टर)
नेपाल प्रहरीको विपत् व्यवस्थापन महाशाखालाई बिहीबार दिउँसो नयाँ बसपार्कस्थित एक घरमा महिला पुरिएको सूचना आयो। दिउँसो २ बजे विपत् व्यवस्थापन तालिम प्राप्त नायब उपरीक्षकद्वय आभूषण तिम्सिना, शालिकराम शर्मा र प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाको टोली त्यहाँ पुग्यो। नयाँ बसपार्कको जनसेवा गेस्ट हाउसमा महिला पुरिएकी थिइन्। अवस्था के कस्तो भन्ने टुंगो थिएन। 'कसैले बाँचेको खबर भने पनि निश्चित थिएन,' प्रहरी निरीक्षक ढकेन्द्रले भने, 'तर अलिअलि आस बाँकी थियो।' 

प्रहरी टोलीले स्थानीयलाई घटनास्थलबाट टाढा पठायो र आवाज ननिकाल्न भन्यो। 'पिन ड्रप साइलेन्स' भयो। सुरुमा एउटा प्वालबाट जमिनमुनि आवाज पठाइयो। कोही व्यक्ति जीवित रहेको पत्ता लगाउन त्यसरी आवाज पठाइन्छ। 'हामी उद्धारकर्मी हौं, तपाईंले हाम्रो आवाज सुनिरहनु भएको भए आवाज दिनुहोस्, आवाज दिन नसक्ने भए केही चिजलाई हिर्काएर आवाज निकाल्नुहोस्' उद्धारकर्मीले भने।
दुई तीन पटक त्यसरी आवाज दिँदा पनि तलबाट कुनै प्रत्युत्तररूपी आवाज नआएपछि टोलीले जमिन खोतल्ने क्रम सुरु गर्योा। त्यही बेला इजरायली र नर्वेजियन टोली घटनास्थल पुग्यो, जसले त्यहाँ व्यक्ति जीवित रहेको सूचना निकाल्यो। विदेशी टोलीले एक्सरे मेसिन घटनास्थल माथि घुमाउन थाल्यो। जसले पुरिएको व्यक्ति जीवित या मृत हो, थाहा पाउन सक्छ। त्यसले कोही व्यक्ति जीवित भए मुटुको धड्कन र श्वासप्रश्वास देखाउँदो रहेछ।
उनीहरूले मेसिन कंक्रिटको थुप्रो माथि घुमाए। ३ पटक घुमाउँदा एक्सरे मेसिनले मुटुको धड्कन देखायो। 'सबैले माया मारिसकेको व्यक्ति जीवित पाइँदा उद्धार गर्न हतारिएका थियौं,' खतिवडाले भने, '६ घण्टामा जीवितै उद्धार गर्न सफल भयौं।'
त्यो सूचनापछि उनीहरूले जमिनभित्र पस्न मिल्ने खुकुलो स्थान पहिचान गरे। घरको पूर्वपट्टिको फेदबाट खन्न सुरु भयो। प्रहरीसँग भएको जेनेरेटरबाट चल्ने 'चिप मेसिन'ले कंक्रिट काटन थाल्यो। उद्धारकर्मीहरू सुरुङ बनाउँदै भित्र पसे। झन्डै ३५ मिटर सुरुङ बनाउँदा घरभित्र अर्को तला जमिन मुनि धस्सिएको देखियो। रड काटेर प्रहरीहरू तल झरे। सुरुमा तीन जना र त्यसपछि अरू पालैपालो भित्र पसे। महिलासम्म पुग्नुअघि उनीहरूले एक पुरुषको शव फेला पारे। भूकम्प आएपछि उनी नभागी घुँडा टेकेर टाउको निहुराई बसे जस्ता देखिन्थे। त्यसपछि नर्वेजियन उद्धारकर्मीसमेत भित्र गए। उनीहरूले सुरुमा शव बाहिर निकाले। अनि महिलाको उद्धार गर्न थाले।
अनौठो त त्यति बेला भयो, जब ती महिला कुरा गर्न थालिन्। ६ दिनदेखि भोकै महिला बोलेको देख्दा उद्धारकर्मी समेत अचम्म परे। अब महिलाको आफन्त सुमी नामकी युवतीलाई भित्र लगियो। अनि महिलासँग कुरा गर्न लगाए।
महिलाको बायाँ हात कंक्रिटको ठूलो ढिक्काले किचेको थियो। ६ दिनदेखि किच्दा रगत प्रवाह बन्द भएको थियो। उद्धारकर्मीहरूका अनुसार त्यसरी धेरै दिनसम्म जम्दा रगत विषमा परिणत हुन्छ। त्यही भएर तुरुन्तै ढुंगा हटाउन नमिल्ने उनीहरूको भनाइ छ। नर्वेजियन र इजरायली डाक्टरहरू भित्र पसेर उनको हातमा विष मार्ने औषधि हालेर उपचार गरे, अनि बाहिर निकाले।
–प्रतिमा बाँस्कोटा

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments