काठमाडौं उपत्यका सहित ६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि
|
गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा स्थगित
उच्च माध्यामिक शिक्षा परिषदको भूकम्पका कारण स्थगित भएको कक्षा ११ र १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।
सोमबार बसेको परिषदको बैठकले भूकम्पले बढी प्रभावित सात जिल्ला बाहेक अन्य ६८ जिल्लाका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको परिषदका सदस्य सचिव नारायण कोइरालाले जानकारी दिए।
सार्वजनिक तालिका अनुसार कक्षा १२ को परिक्षा जेठ २० गतेबाट तथा कक्षा ११ को असार १ गतेबाट सुरू हुने कोइरालाले बताए।
भूकम्पबाट बढी प्रभावित भएका गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा स्थगित भएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।
रोकिएका ७ जिल्लाका लागि नयाँ परीक्षा तालिका छिट्टै सार्वजनिक गरिने कोइरालाले बताए।
भूकम्पबाट बढी प्रभावित जिल्लाका विद्यार्थीमा भूकम्पले बढी नै मनोवैज्ञानिक असर पारेकाले तत्काल परीक्षा नलिने निर्णय गरेका हौं, उनले भने, यी जिल्लामा परीक्षा ढिलो भएपनि नजिता सँगै निकाल्छौ।’
यसअघि कक्षा १२ को परीक्षा वैशाख २० र ११ को जेठ १ गतेबाट हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो।
|
Category: News
0 comments