नेपाल वायुसेवा निगमको नयाँ जहाज ,यस्ता राहात सामाग्री सहित अवतरण गर्यो !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
03 May 2015 |
आइतबार २० बैशाख, २०७२
३३ सय किलो औषधी बोकेर आयो एयरबस
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो नयाँ जहाज भूकम्पपीडितका लागि औषधी तथा चिकित्सक टोली लिएर काठमाडौं आइपुगेको छ। युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको ‘ए३२०–२००' सिरिजको उक्त जहाज गत शुक्रबार बिहान ६ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माका अनुसार नयाँ जहाजले जर्मनीको सामाजिक संस्था हुमेडिलाका तर्फबाट ३ हजार ३ सय किलो औषधी, चार चिकित्सक, दुई नर्स, दुईजना कार्यक्रम संयोजक र दुईजना सञ्चारकर्मी र चालकदलसहित १८ जना लिएर आएको थियो।
१ सय ५८ सिट क्षमतायुक्त उक्त जहाजलाई ‘लुम्बिनी' नामकरण गरिएको शर्माले जानकारी दिए। यसको कलसाइन ‘९एन–एकेएक्स' रहेको छ। जहाजमा १ सय ५० इकोनोमी क्लास र ८ बिजनेस क्लास सिट राखिएका छन्।
‘नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी बढीमा दुई साताभित्र यो जहाजबाट नियमित व्यावसायिक उडान गर्छाैं,' शर्माले भने, ‘अब हामीसँग अन्तर्राष्ट्रिय उडान गर्न चार ठूला जहाज भएका छन्। यसबाट बजार हिस्सा ओगट्न हामीलाई उल्लेख्य सहयोग पुग्ने छ।'
निगमले यसअघि पहिलो एयरबस २०७१ माघ २५ मा काठमाडौं ल्याएको थियो। फागुन दोस्रो सातादेखि भारत नयाँदिल्ली गएर नियमित व्यावसायिक उडान सुरु गरेको थियो। दुवै जहाज प्राप्त गरेको निगमले जहाजको सम्पूर्ण रकम एयरबसलाई चुक्ता गरेको छ।
नयाँ जहाज थपिएपछि निगमले भारतको मुम्बई, बैंगलोर, चीनको छेङ्दु, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई लगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए३२०–२०० सिरिजका ‘न्यारो बडी' जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिन सम्झौता गरेको थियो। उसले १० अर्ब ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखेको छ।
कोषसँगको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्ने छ।
निगमका एक अधिकारीका अनुसार १० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्छ। यो हिसाबले महिनैपिच्छे १० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |




0 comments