Hindi Films

हेर्नुहोस् अरुण तमोरमा भीमकाय माछा ! (तस्वीरसहित), ठूला माछा मार्न प्रतिवन्ध लगाउने प्रशासनको तयारी

Unknown | 02:51 | 0 comments

३१ जेठ, इटहरी । तस्वीरमा तपाई देख्न सक्नुहुन्छ, मानिसहरु नाम्लो लगाएर एउटै माछाको भारी बोकिरहेका छन् । यो कुनै विदेशको दृश्य होइन, भूकम्प र पहिरोको प्रकोपसँगै पूर्वी नेपालको अरुण र तमोर नदीमा गरिएको माछाको रोचक शिकार हो ।
ताप्लेजुङ, पाँचथर, धनकुटा र संखुवासभाका नदीमा पहिरोपछि माछा टिप्नेको भिड लाग्न थालेको छ । खोलाको लेदो सँगै ठूला ठूला माछाहरु बगरमा भेटिन थालेका छन् । तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा टिप्नेहरुको भीड बढ्न थालेपछि माछा टिप्नेहरुलाई भेलले बगाउने जोखिम पनि उत्तिकै बढेको छ ।
तमोर नदीमा आएको बाढीपछि पाँचथर र तेह्रथुमको सीमानामा पर्ने माझीटारका माछा टिप्नेको भीड लागेको छ । नदीको किनारमा माछा टिप्न टाढा टाढाबाट मानिसहरु जान थालेका छन् ।
बगरमा एउटै माछा एक सय केजीसम्मको भेटिएपछि मानिसहरुले नाम्लो लगाएर बोकेको दृश्य निकै रोमाञ्चक लाग्दो देखिएको छ ।
Big Fish At Tamor river (4)
माझीटारबाट पाँचथरको फिदिमसम्म टयाक्टरमा समेत माछा ओसारिएको छ । सुरुमा ५ सय रुपैयाँ प्रतिकिलो बिकेका यी माछा अहिले प्रतिकिलो एकसय रुपैयाँमा झरेको स्थानीय बताउँछन् ।
ठूला माछा भेटिएपछि स्थानीयको ब्यापार फस्टाएको छ । दिनमा एक जनाले २० हजारसम्मको माछा समातेको माझीटारमा भेटिएका पाँचथरबासीले बताए । तर, माछा धेरै भएकाले अहिले बिक्न छाडेको उनीहरुले चिन्ता गरे ।
पाँचथरमा मात्रै होइन, धनकुटाको मुलघाटस्थित तमोर गडतिर र अरुण नदीको लेगुवाघाटमा पनि माछा टिप्नेको भीड लागेको छ । मूलघाटमा ठूलामाछा सस्तोमा किन्न धरानदेखि मानिसहरु मुलघाट र लेगुवासम्म ६० किमीभन्दा लामो यात्रा तय गरेर जान थालेका छन् ।
अरुण र तमोर नदीका प्रायः सबै घाटहरुमा माछा भेटिएका छन् ।
भूकम्पपछि माछा बगरमा
Big Fish At Tamor river (1)
स्थानीय बूढापाकाहरुका अनुसार ९० सालको भूइँचालोका बेलामा पनि यसैगरी ठूला माछाहरु नदी बाहिर आएका थिए । त्यस्तै ०४५ सालको भूकम्पपछि पनि अरुण र तमोर नदीमा ठूला माछा भेटिएको बूढापाकाको भनाइ छ ।
माछा टिप्न जानेमा बालबालिका र विद्यार्थीसमेत छन् । नदीमा पानी बढ्ने क्रम भएकाले माछा टिप्नेलाई जोखिम बढेको संखुवासभा कृषि विकास कार्यालयका बरिष्ठ अधिकृत प्रमोद कुमार रिजाल बताउँछन् ।
अरुण र तमोर सप्तकोशीका सहायक नदीहरु हुन् । यहाँ भेटिएका यी मात्रा माछा नेपालकै सबैभन्दा ठूला भएको विज्ञहरुको दाबी छ ।
माछा मार्न नदिने प्रशासनको तयारी
नेपालमा अहिलेसम्म नदेखिएका ठूला माछाहरुको संरक्षण गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । माछाको संरक्षण नगरिए वातावरणीय सन्तुलनमा असर पर्ने कतिपयको भनाइ छ ।
यसैवीच पूर्वाञ्चलका क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यले आफू काठमाडौं रहेको भन्दै प्रहरीलाई तत्काल एलर्ट गराएर माछा टिप्ने कार्यमा रोक लगाउने बताए ।
Big Fish At Tamor river (1)
‘म काठमाण्डौमा छु, माछा भेटिएको मैले पनि सुनेको छु,’ आचार्यले भने,’बाढीपछि जमिन थिलथिलो भएको छ, माछा टिप्न जाँदा अर्को जोखिम बढ्छ, त्यसैले प्रभावित क्षेत्रमा प्रहरीलाई तत्काल एलर्ट गराएर माछा टिप्ने कार्य रोकिनेछ ।’
आचार्यले भने- ‘हामीले यस्तो कार्य नगर्नु भनेर पहिले अनुरोध गर्ने हो, अटेर गरेमा हामी केही गर्न सक्दैनौं । बिपतका बेलामा थोरै कमाउने लोभ गर्दा ज्यानै जान सक्छ । त्यसैले सबै सजग बनौं र बनाऔं ।’

Category:

0 comments