Hindi Films

कट्रिनाकै कारण सलमानले अस्विकार गरे ७ करोडको अफर

Unknown | 03:07 | 0 comments


नायक सलमान खान र नायिका कट्रिना कैफको जोडी कुनै बेला खुबै चर्चामा थियो । प्रेममा समेत डुबेको यो जोडी अहिले अलग भैसकेको छ । सलमानसँग अलग भएको केही समयमा नै कट्रिना अर्का नायक रणवीर कपुरसँग नजिक भइन् । अहिले यो जोडी बिहेको तयारीमा समेत लागिसेकेको छ ।
रणवीरसँग जोडी जमेपछि सलमान र कट्रिनाको सम्बन्धमा अझै तिक्तता आएको छ । सलमान खानले कटि्रनाकै कारण एक महंगो अफरलाई समेत अस्विकार गरेका छन् ।
एक विज्ञापनका लागि सलमानलाई ७ करोडको अफर गरिएको थियो । तर, विज्ञापनमा नायिका कट्रिना कैफ पनि हुने थाहा पाएपछि सलमानले अस्विकार गरेको भारतीय संचारमाध्यमको दाबी छ ।
कट्रिनासँग काम गर्न अस्विकार गरेसँगै सलमान र उनको सम्बन्ध कुन अवस्थामा छ भन्ने वुझ्न गाह्रो पर्दैन ।

Category:

0 comments