प्रेमीलाई कुटपिट गरी प्रेमिकामाथि सामूहिक बलात्कार
![]() |

धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रै एक किशोरी सामूहिक बलात्कारको सिकार बनेकी छिन्।
सोमबार साँझ बीपी प्रतिष्ठानको पश्चिमतर्फको बगैंचामा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सात-आठ जनाको समुहले सामूहिक बलत्कार गरेका हुन्।
सोमबार साँझ बीपी प्रतिष्ठानको पश्चिमतर्फको बगैंचामा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सात-आठ जनाको समुहले सामूहिक बलत्कार गरेका हुन्।
प्रेमीसँग बसेर गफ गरीरहेको अवस्थामा किशोरीका प्रेमीलाई कुटपिट गरी किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको बताइएको छ। बीपी प्रतिष्ठानको पश्चिमतर्फको जमिन तारबार घेरा नभएका कारण बलत्कारीहरुले किशोरीलाई जङ्गलमा लगेर सामूहिक रुपमा बलत्कार गरेको थिए। सामूहिक बलत्कारको सिकार भएकी किशोरी मानसिक रुपमा विक्षिप्त भएएकी छन्।
उनलाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ। बलत्कारीहरुले मुख थुनेर आँखामा रुमालले बाँधेर बलात्कार गरेको किशोरीले प्रहरी समक्ष
बयान दिएकी छन्।
मादक पदार्थ सेवन गरी किशोरीलाई सामूहिक बलात्कारको आरोपमा ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताए।उनले अनुसार घटनाको जानकारी पाए लगत्तै घटना स्थलमा प्रहरी परिचालन गरी बलात्कारमा गरेको शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिसकेको बताए।
उनले भने, ' बलात्कारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ। नियन्त्रणमा लिएका व्यक्तिहरुको पहिचान गरी बलात्कारीहरुमाथि मुद्धा दर्ता गरी कारबाही लगाडी बढाउँछौं।'
यता, युवतीका पीडित परिवारले बलात्कारीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
![]() |
Category: News
0 comments