आफ्नो फेसबुकमा अश्लिल कमेन्ट गर्नेलाई नायिकाको यस्तो जवाफ
![]() |

मुम्बाई (एजेन्सी) – चलचित्र नायिका तथा मोडलहरुको फेसबुक प्रोफाइल र फोटोमा अश्लिल कमेन्ट गर्नेहरु धेरे पाइन्छ । धेरै नायिकाहरुले त्यस्ता व्यक्तिहरुको कमेन्टलाई वास्ता गर्दैनन् र केही जवाफ दिँदैनन् । तर फेसबुकमा अश्लिल कमेन्ट गर्ने एक व्यक्तिलाई एक बलिवुड नायिकाले राम्रो जवाफ फर्काएकी छिन् ।
सन् २०१३ को चलचित्र फुकरेमा अभिनय गरिसकेकी नायिका विशाखा सिंहले आफ्नो फेसबुकमा कमेन्ट गर्ने एक व्यक्तिलाई जवाफ दिएकी हुन् । मोहम्मद मुस्तकिम सैफी नाम गरेका व्यक्तिले सिंहको फोटोमा ‘नाइस लुकिङ र नाइस बुब्स’ (राम्री देखिएको छ र स्तन पनि राम्रो छ) भन्ने कमेन्ट गरेका थिए ।

जवाफमा सिंहले ती व्यक्तिलाई फेसबुकमा आफ्नो असली फोटो राख्न र कमेन्ट गर्न चुनौती दिएकी थिइन् । त्यस्तै आफ्नो स्तनको बारेमा कमेन्ट गरेकोमा उनले आफू महिला रहेको र सामान्य ज्ञानका लागि भन्दै सबै महिलाको स्तन हुने बताएकी थिइन् । ‘तपाईंको आमा, दिदी, पत्नी, हजुरआमा, आन्टी, छोरी र साथीहरु सबैको स्तन हुन्छ । तर, के तपाई उनीहरुलाई गएर ‘राम्रो स्तन छ’ भन्दै कमेन्ट गर्नुहुन्छ ? तपाईंलाई देखेर दाया लाग्यो । यदी हिम्मत छ भने मेरो अगाडि आएर भन्नुहोस् नत्र मेरो पेज छाडिदिनुहोस्,’ उनले जवाफ दिइन् ।
त्यस्तै उनको टिसर्टको प्रिन्टको बारेमा कमेन्ट गर्ने अर्का व्यक्ति विकास सिंहलाई पनि त्यस्तै जवाफ फर्काएकी थिइन् ।
उनले अहिले आफ्नो वालबाट उक्त विवादास्पद पोस्ट हटाइसकेकी छिन् । तर, त्यसअघि यो पोस्ट भाइरल बनिसकेको थियो ।
उनले देखाएको हिम्मतका बारेमा सबैले उनको तारिफ गरेका थिए । महिलामाथि यौनजन्य हिंसा धेरै हुने देशमा भारत पनि पर्दछ ।
![]() |
Category: CelebrityNews And Gossips, News
0 comments