मुम्बाई, जेठ २८ – समय समयमा विवादमा आइरहने भारतीय गायक मिका सिंह पुनः एक पटक विवादमा परेका छन् । आफ्नो ३८ औं जन्मदिन मनाएको एक दिनपछि नै मिकालाई एक डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दिल्लबाट पक्राउ गरेको हो ।
यस विषयमा दिल्ली प्रहरीले इन्दरपुरी प्रहरी स्टेसनमा मिकाविरुद्ध गत अप्रिल १२ का दिन मुद्दा दायर गरेको थियो । त्यसबेला उक्त घटनाको भिडियो इन्टरनेटमा निकै भाइरल बनेको थियो ।
दिल्ली ओप्थामोलोजीकल सोसाइटीले दिल्ली पुसा इन्सिटिच्युट मेला मैदानमा आयोजना गरेको कन्सर्टका दौरान उक्त घटना घटेको थियो । यस घटनामा पीडित श्रीकांत ओप्थामोलोजिस्ट हुन् । मिकाले कुटपिट गर्दा उनको देब्रे कानमा चोट लागेको बताइएको छ ।
0 comments